Saturday, April 21, 2018

चर्चित फिल्म लेखक तथा गायक सुशील पंगेनीको निकै नै मार्मिक गीत “तिमी जाँदै छौ” सार्वजनिक [हेर्नुहोस भिडियो साहित्]

फिल्म लेखकको रुपमा परिचित सुशील पंगेनीले आफ्नै स्वर, शब्द र संगीतमा ‘तिमी जाँदै छौ’ बोलको गीत सार्वजनिक गरेका छन् । झन्डै एक दशक अघि नै गीतको रेकर्डिङ्ग सकिएता पनि आफुलाई फिल्म लेखनमा होमेका सुशीलले अहिले आएर बल्लआफ्नो स्वरको गीत दर्शक स्रोतहरु माझ ल्याएका छन।
प्रेम पीडाको भावमा प्रस्तुत भएको “तिमी जाँदै छौ” बोलको म्युजिक भिडियो म्युजिक नेपालाको अफिसियल युट्युब च्यानल मार्फत हालै मात्र सार्बजनिक गरिएको हो । निर्देशक शिब वि.कको निर्देशनमा रन्जन रिजाल र उषा खनालको दमदार अभिनय रहेको उक्त गीतको भिडियोको अहिले सम्म सकरात्मक प्रतिक्रिया पाईरहेको गायक सुशील बताउँछन्।

गायन, शब्द रचना र संगीतमा समेत रुची राख्ने सुशीलले जंजिर, लक्ष्य, टिचर लगायत एक दर्जन फिल्मको स्क्रिप्ट लेखीसकेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश गरिएको अन्जु पन्तको स्वरमा सजिएको ‘तिमीले टेकेको दैलो’ बोलको गीतले निकै चर्चित भएको थियो । फिल्म लेखनको साथै अब गायन र संगीतलाई एक साथअघि बढाउने योजना रहेको उनी बताउँछन्।

उनै गायक तथा स्क्रिप्ट राईटर सुशीलको अर्को नयाँ गीत अहिलेको चर्चित गायिका रेश्मा केसीको साथमा आउने तयारीमा छ । गायिका रेश्मा केसीले झन्डै २\३ दर्जन गीतमा आफ्नो स्वर दिइसकेकी छिन भने अहिले स्टेज प्रोग्राममा निकै नै व्यस्त देखिन्छिन। हेर्नुहोस सुशील पंगेनीको “तिमी जाँदै छौ” गीतको भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...