Wednesday, April 11, 2018

एनआरएनएका केन्द्रिय उपाध्यक्ष आचार्य तथा यूरोपका उप संंयोजक गिरी कुश्मा नगरपालिकाको विदेश सल्लाहकारमा मनोनयन

एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य र यूरोपका उप संंयोजक एकराज गिरीजीलाई पनि चौतारीका तर्फबाट हार्दिक बधाई। कुश्मा नगरपालिकाले कुल आचार्य र एकराज गिरीलाई विदेश सल्लाहकारमा मनोनयन गरेको छ।

नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई र गिरीलाई पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै उनीहरुले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न दुबैलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...