Friday, April 27, 2018

सिन्डिकेट अन्त्य हुने

बुटवल, वैशाख १४ गते । गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताउनुभएको छ ।

प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आउनुभएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवार र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने बताउनुभयो ।

देशमा शान्तिसुरक्षा र अपराध नियन्त्रयण गर्न सरकार सातै प्रदेशमा प्रदेशस्तरीय कार्ययोजना बनाएर अघि बढ्न थालेको उल्लेख गर्दै गृहमन्त्री थापाले मुलुक संघीयतामा गइसकेकाले सुरक्षा निकायमा देखिएको अन्योल चाँडै अन्त्य हुने जिकिर गर्नुभयो ।

तोकेको स्थानमा नगए राजीनामा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव दिनुभएको छ ।

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै सक्दैनन् भन्दै यही वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिइएको जानकारी दिनुभयो । (रासस)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...