Thursday, April 26, 2018

सबैलाई सन्तुलन हुने बजेट आउँछ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १३ वैशाख : मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

“स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भन्नुभयो, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।”

अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उहाँले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...