काठमाडौँ, ११ बैशाख । पशुपति क्षेत्रको सवारी निशेधित क्षेत्रमा गाडी प्रवेश गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले माफी मागेका छन् । मन्त्री अधिकारीको सचिवालयले मंगलबार एक विज्ञप्तिमार्फत कमजोरी भएको स्वीकार गर्दै फेरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
विज्ञप्तिमा पानी परिरहेको बेला पशुपति क्षेत्रलाई मगन्ते निशेधित क्षेत्र घोषणा गर्ने कार्यक्रममा सहभागी हुने क्रममा भूलबस गाडी सो क्षेत्रमा प्रवेश गरेको जनाइएको छ । मन्त्री अधिकारीका प्रेस संयोजक धु्रव पोख्रेलद्वारा जारी सो विज्ञप्तिमा यस घटनालाई गम्भीरताका साथ लिएको बताइएको छ ।

No comments:
Post a Comment