Friday, April 6, 2018

स्पेनका लागि राजदुत भरत बहादुर रायमाझीले स्पेनमा राजा समक्ष ओहोदाको प्रमाण-पत्र पेस

नेपाली दुतावास स्पेनका लागि राजदुत भरत बहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौं (Felipe VI) समक्ष अप्रिल ५ तारिख बिहिबार बिहान ११:०० बजे म्याड्रिडको राजदरबारमा आफ्नो ओहोदाको प्रमाण-पत्र पेस गर्नु भएको छ।

नेपाल र स्पेनको दैत्य सम्बन्धको ५० औं वर्षमा नेपालले स्पेनमा दुतावास स्थापना गरेकोमा खुशी ब्यक्त गर्दै स्पेनका राजाले भूकम्प पश्चातको नेपालको पुनर्निर्माणका बारेमा जिज्ञासा राख्नु भएको कुरा महामहिम राजदुत भरत बहादुर रायमाझीले जानकारी गराउनु भयो।

स्पेन-नेपालको सम्बन्ध, नेपालको आर्थिक, राजनीतिक अबस्थाका बारेमा संक्षिप्त जानकारी गराउँदै स्पेनवासी नेपालीहरुले भोग्नु परेका समस्याहरु र नेपालमा स्पानिस कुटनैतिक नियोग (कम्तिमा अधिकार सम्पन्न कन्सुलर सेवा) संचालनका लागि महामहिम राजदुतले स्पेनका राजाको ध्यानाकर्षण गराउएको पनि राजदुत रायमाझीले जानकारी दिनु भयो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...