Wednesday, April 25, 2018

युगन्डामा मृत्यु भएका बोगटीका परिवारलाई २३ लाख क्षतिपूर्ति

कम्पाला , युगान्डा । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्ट बहादुर बोगटीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा निजको कार्यरत कम्पनी कामुली सुगर लिमिटेड बाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया आज नेपाल पठाइएको छ ।
एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंक बाट पठाइएको हो ।
संघका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...