Saturday, April 7, 2018

एनआरएन भर्जिनियाको असल कारणको लागि सहकार्य कार्यक्रम भव्यताको साथ सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी अप्रिल ७ ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाको भर्जिनिया शाखाले आयोजना गरेको असल कारणको लागि सहकार्य कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम पूर्व सूचित ३ वटा कार्यसूचीको सेरोफेरोमा केन्द्रित रहेको थियो । डिसी महानगर क्षेत्रमा स्थापित विभिन्न संघ/संस्थाहरुका प्रतिनिधिहरु सहित सहभागी भएको कार्यक्रममा रचनात्मक राय ,परामर्श ,सुझाव ,सल्लाह तथा पृष्ठ पोषण सहभागीले दिएका थिए ।

उक्त छलफल भएको पहिलो कार्यसूचीमा एनआरएन भर्जिनिया शाखाको अघिल्लो समितिको गतिविधि तथा पद हस्तान्तरणमा केन्द्रित रहेको थियो भने एनआरएन भर्जिनिया शाखाका संस्थापक सभापति मुक्ति दवाडीले आफ्नो कार्यकालमा भएका गतिबिधि आदिको बारेमा बोलेका थिए ।

दवाडीले नया समितिका अध्यक्ष गोविन्द सुबेदी तथा तथा नया समिति लाई शुभकामना दिदै एनआरएनको बिधान आदि मा जानकार हुन् समेत सल्लाह दिएका थिए । भर्जिनिया शाखाका वर्तमान अध्यक्ष गोविन्द सुबेदीले स्वागत मन्तब्यको साथै कार्यक्रम समापन पनि गरेका थिए ।

यसै गरि दोश्रो कार्यसूची अन्तर्गत साझा सहकार्यमा डिसी महानगर क्षेत्रका संघ/संस्था बीच कसरी एकबिन्दुमा पुगी साझा उद्धेश्यको लागि सहकार्य बन्न सक्छ भन्ने बिषयमा सहभागीहरुले आ-आफ्ना धारणा रहनुको साथै आफ्ना अनुभव ,भोगाई , बिगतका गरेका प्रयास तथा तिता अनुभव समेत स्पष्ट कुरा राखेका थिए ।

साझा सहकार्यमा कुराहरु राख्नेहरुमा संचारकर्मी विजय थापा ,डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती ,नेजा का उप सभापति पत्रकार गुणराज लुइँटेल ,समाज सेवी दधि ढुंगाना ,एएनएका अध्यक्ष मेदनी अधिकारी ,प्रा डा गोपी उप्रेती ,समाजसेवी गोपाल रेग्मी ,डा रामहरी सुबेदी ,अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)कि अध्यक्ष कमला खरेल ,एएनएचएसका पूर्व अध्यक्ष सागर कंडेल ,समाज सेवी प्रकाश नेपाल ,साहित्यकार कृष्ण धरावासी ,समाजसेवी प्रेम संग्रौला ,समाज सेवी परसुराम भण्डारी ,एनआरएन अमेरिकाका वर्तमान खेलकुदका संयोजक चन्द्र लामा तथा बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी ले समेत आफ्ना कुराहरु राखेका थिए ।

अन्तिम तथा तेश्रो महत्वपूर्ण कार्यसूची रहेको बिषय वस्तुमा सामुदायिक केन्द्र बारेमा व्यापक छलफल हुनुको साथै एक प्रकारको मष्तिस्क मन्थन भएको थियो ।

तेश्रो महत्वपूर्ण बिषयमा गाठो फुकाउन सन्दर्भ निकाल्दै सामुदायिक भवन निर्माण सम्बन्धि एनआरएन भर्जिनिया शाखाका उपाध्यक्ष कृष्ण भण्डारीले आव्हान गरे पछि उक्त बिषयमा बिशेष तयारी साथ आएका समाज सेवी अर्जुन सिग्देलले बिशेष प्रस्तुति गरेका थिए । सामुदायिक भवन सम्बन्धि बिशेष अनुभव ,यस्का अवसर ,चुनौती ,डिसी क्षेत्रमा यस अघि गरिएका प्रयास ,आर्थिक पक्षका बिषयमा आ-आफ्ना भनाई स्पष्ट राखेका थिए ।

यसै गरि अमेरिका नेपाल सहयोगी समाजकि अध्यक्ष कमला खरेलले आफ्नो सँस्थाले जग्गा समेत हेरेको र जम्मा किन्न पैसा समेत गरेको जानकारी गराएकि थिइन् । उनले जव सम्म सवैलाई स्वयम् सेवक रुपमा संलग्न गरिदैन तव सम्म सम्भव नरहने हुनाले यस मा गम्भीर हुनु पर्ने बताइन । यसै गरि एएनएस का प्रथम उपाध्यक्ष डा बिष्णु घिमिरे ,दधि ढुंगाना,प्रा डा गोपी उप्रेती ,गोपाल रेग्मी ,प्रेम संग्रौला ,परसुराम भण्डारी ,समाज सेवी रामशरण हुमागाई ,समाज सेवी देशराज संयोक ,समाज सेवी प्रेम पौडेल तथा चन्द्र लामा आफ्ना कुराहरु राखेका थिए । यसै गरि बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीले खेलाडी भएकोले समुदायलाई केही सहयोग गर्न चाहेको बताएका थिए ।

तेश्रो कार्यक्रमका सभापतित्व गरेका प्रा गोपी उप्रेतीले ५ वटा बुदाहरुमा सारगर्भित कुरा राख्दै हामी प्रक्रिया तथा क्रियाविधिमा प्रष्ट हुनु पर्छ भने । तपाईहरुका कुराहरु जे जति सुने प्रक्रिया तथा क्रियाविधि बारेमा अनुभव नभएको आफुलाई लागेको बताए ।

उनले अगाडी एनआरएन भर्जिनियाले मस्तिस्क मन्थन गर्यो यो नै एक महत्वपूर्ण हो भनि प्रसंसा गरे । अब हाम्रो काम गर्ने क्रियाबिधि के हो त भन्ने कुरा उप्रेतीले राख्दै सुझाव दिदै आगामी दिनमा एउटा बिशेष बैठक बोलाउन अनुरोध गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...