Thursday, April 5, 2018

रुपन्देहीका व्यवसायी बलुलाई गोली हान्ने ‘सुटर’ पक्राउ

काठमाडौँ, २१ चैत । रूपन्देहीस्थित देवदहका व्यवसायी बसन्त पौडेल ‘बलु’लाई गोली हानी फरार रहेका मुख्य ‘सुटर’ शुभाष गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पोखराको रामबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत पुष २१ गते रुपन्देहीको देवदहमा पौडेलको गोली हानी हत्या भएको थियो । काठमिल सञ्चालन गर्दै आएका ४० वर्षीय पौडेलमाथि सःमिलमै गोली प्रहार भएको थियो ।

गोली हान्नको लागि गुरूङले एक लाख रूपैयाँ लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । गुण्डा नाइके मनोज पुनले बलुलाई गोली हान्नको लागि गुरुङलाई सुपारी दिएको थिए । पुन भने यसअघि नै प्रहरी इन्काउण्टरमा मारिइसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...