Thursday, May 31, 2018

पर्यटन विकासमा होटलको महत्व : मन्त्री अधिकारी

एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलान

काठमाडौँ, १७ जेठ । सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

बिहीबार मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङले बयान र थुनछेक बहसपछि जिल्ला कारागार मोरङ पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै उनी जेल चलान भएका छन् ।

३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै बिहीबार नै अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए ।

अदालतको बयानमा एसएसपी खत्रीले सुन तस्करी गरेको अस्वीकार गरेका छन् ।

राष्ट्रिय बुुद्धिचाल प्रतियोगिताः थापा प्रथम

काँकडभिट्टा, १७ जेठ : यहाँ सम्पन्न पिबी थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि कृष्ण थापाले हात पार्नुभएको छ ।

आज सम्पन्न फाइनलमा झापा दमकका राजन सुवेदीलाई पराजित गर्दै थापाले रु ५० हजार पुरस्कार पनि प्राप्त गरेका छन् । त्यसैगरी द्वितीय हुने सुवेदीले रु ३० हजार तथा तेस्रो राजन पुरीले रु २० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता यही जेठ १३ गतेदेखि शुरु भएको थियो । विजेता खेलाडीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर, जेठ १७ । कक्षा–१० को अन्तिम परीक्षाकारुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामामात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए ।

उनले भने–‘यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउनेक्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमासमेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।’

नतिजा प्रकाशन छिटो गर्ने प्रयास भएपनि पनिकामासमेत यस वर्ष नयाँ कर्मचारी आएका कारण संपरीक्षणलगायतका कार्यमा ढिलाइ हुँदै गएकाले नतिजा ढिलाइ हुने भएको हो ।

गत चैत ८ गतेबाट सुरु भइ १७ गते परीक्षा सम्पन्न भएको थियो । रासस

क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान, १७ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ ।”

मुख्यमन्त्री राउतले क्यान्सर रोग नियन्त्रणका लागि नेपाल अर्बुद रोग निवारण संस्थालगायत संस्थाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै धूमपानको लत लाग्नुको पछाडि अभिभावकको भूमिका पनि निर्णायक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म सानो छँदा हजुरबुबाले बिँडी सल्काएर ल्याइदिन अह्राउनुभएको थियो, बिँडी सल्काउने क्रममा म पनि दुई तीन सर्को तान्न थालेको थिएँ, हजुरबुबाले बिँडी नपिएको भए सायद त्यस्तो गर्ने थिइनँ होला, क्यान्सरको जरो नै धूमपान रहेकाले अहिलेदेखि नै यसलाई परित्याग गर्न सबैमा आग्रह गर्दछु ।”

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव जीवन होडाले प्रदेश नं २ मा सार्वजनिक– निजी साझेदारीमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिदैं त्यसका लागि संस्थाले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका जिल्ला अध्यक्ष अशोक अमात्यले २०७० साल फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकलाईसमेत झिकाएर क्लिनिक सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

लहानमा क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको कार्यालयले २५ बिगाह जग्गासमेत उपलब्ध गराउने आश्वासन आफूले पाएको बताउँदै उहाँले यसप्रकारका अस्पताल निर्माण भए प्रदेश नं २ का क्यान्सर रोगीलाई ठूलो राहत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रामकुमार यादव र सुनिता राम, सप्तरी डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले क्यान्सरबाट जोगिन धूमपान त्याग्नुपर्ने बताउनुभयो ।

मदन भण्डारी राजमार्ग बन्ने भएपछि बाहुनडाँगीमा खुशीयाली

काँकडभिट्टा, जेठ १७ गते । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ ।

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५÷७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि रु चार अर्ब ५० विनियोजन गर्नुभएको छ ।

आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका बाहुनडाँगीका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

नेपाली कांग्रेसका नेता नीरज घिमिरेले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिनुभएको छ । बाहुनडाँगी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास पालेको घिमिरे बताउनुभयो ।

पाटापुरबाट राजमार्गको शुरुवात हुने बजेटमा उल्लेख छ । मेचीनगर–– १ का वडाध्यक्ष पासाङ तामाङ यो राजमार्ग बनाउन अति आवश्यक रहेको बताउनुहुन्छ । पाटापुर गाउँमा ८५ घर रहेको उल्लेख गर्दै उहाँले राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको बताउनुभयो ।

भारततिरको लोहागढ–पानीघट्टा बाटोमा पिच रहेको बताउँदै उहाँले मेची पुलमा पुल बनाएर मदन भण्डारी राजमार्गलाई भारतीय मार्गसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले मदन भण्डारी राजमार्गको घोषणाले महेन्द्र राजमार्ग बन्दाखेरिदेखिकै सपना बल्ल पूरा भएको बताउनुभयो ।

महेन्द्र राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै नेकपाका नेता समेत रहनुभएका तिवारीले पाटापुरबाट बौद्धमोड–तेलपानी–बँेशीसहर हुँदै शान्तिनगरमा जोडिने यो बाटो अहिले पनि प्रचलनमा रहेको बताउनुभयो ।
मेचीनगर–४ का वडाध्यक्ष नवीन बरालले चुरे क्षेत्रबाट नयाँ राजमार्ग बन्ने कुराले सबैलाई हर्षित तुल्याए पनि यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाट शुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा शान्तिनगरबाट शुरु गरिने उल्लेख भएको थियो’, वडाध्यक्ष बराल भन्नुहुन्छ–“कहिले कता कहिले कता भनेर अल्मलाउनु हुँदैन, यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाटै शुरु हुनुपर्छ ।”

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटाँैडाबीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ । चतरा मार्गमा फराकिलो कालोपत्रे बनिसकेको छ ।

जङ्गली च्याउ खाँदा तीन बिरामी

विराटनगर,१७ जेठ: मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।
लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ ।

रुसी विदेशमन्त्री उत्तर कोरियामा

                                                                                                         तस्वीर : एपी
मस्को, १७ जेठ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।
उनी बिहीबारमात्र उत्तर कोरिया रहने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइरहेका छन् । रुसी विदेशमन्त्रालयद्वारा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री लाभरोभ उत्तर कोरिया पुग्ने र त्यस देशको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने जनाइएको छ ।
उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । उनको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुगेका हुन् ।
साथै सो भेटका क्रममा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थलका विषयमा पनि वार्ता हुने बताइएको छ । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको विश्लेषकहरुको भनाई छ ।
यसै विषयमा वार्ता गर्न उता उत्तर कोरियाका एकजना सैनिक जर्नेल चीनको बाटो हुँदै बिहीबारै अमेरिका पुगेको अधिकारीले जनाएका छन् । सैनिक जर्नेल किम जोल यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ । यसको पूर्व तयारीका लागि भन्दै सिंगापुरमा पनि केही उत्तर कोरियाली अधिकारीहरु रहेका छन् ।
उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमहरु परित्याग गर्नुपर्ने माग अमेरिकाको छ । तर उत्तर कोरिया भने ती कार्यक्रमहरुको अन्त्य गरेर आगामी दिनमा आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्तित रहेको बताइन्छ । –रासस/एएफपी

मस्को, १७ जेठ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।

उनी बिहीबारमात्र उत्तर कोरिया रहने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइरहेका छन् । रुसी विदेशमन्त्रालयद्वारा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री लाभरोभ उत्तर कोरिया पुग्ने र त्यस देशको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने जनाइएको छ ।

उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । उनको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुगेका हुन् ।

साथै सो भेटका क्रममा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थलका विषयमा पनि वार्ता हुने बताइएको छ । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको विश्लेषकहरुको भनाई छ ।

यसै विषयमा वार्ता गर्न उता उत्तर कोरियाका एकजना सैनिक जर्नेल चीनको बाटो हुँदै बिहीबारै अमेरिका पुगेको अधिकारीले जनाएका छन् । सैनिक जर्नेल किम जोल यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ । यसको पूर्व तयारीका लागि भन्दै सिंगापुरमा पनि केही उत्तर कोरियाली अधिकारीहरु रहेका छन् ।

उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमहरु परित्याग गर्नुपर्ने माग अमेरिकाको छ । तर उत्तर कोरिया भने ती कार्यक्रमहरुको अन्त्य गरेर आगामी दिनमा आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्तित रहेको बताइन्छ । –रासस/एएफपी

विश्व एघार र वेस्टइण्डिजबीचको खेलमा कस्तो होला सन्दीपको प्रदर्शन ?

काठमाडौँ, १७ जेठ । इङ्ल्याण्डको लर्डस मैदानमा बिहीबार वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुँदैछ । जसमा विश्व च्याम्पियन वेष्टइन्डिज एकातिर र विश्वका उत्कृष्ट ११ क्रिकेट खेलाडी एकातिर भएर खेल्नेछन् ।

आँधीका कारण क्षतिग्रस्त बनेको वेष्टइन्डिजका मैदान पुनर्निर्माणका लागि रकम संकलन गर्न आईसीसीले सो प्रतियोगिता गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहीबार राति १०ः४५ बजे हुनेछ । विश्व एघार पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी र वेष्टइन्डिज कार्लोस ब्राथवेटको कप्तानीमा मैदानमा उत्रदैँछन् । अफ्रिदीले यसअघि नै क्रिकेटबाट सन्यास लिएका थिए ।

विश्वका उत्कृष्ट खेलाडी रहेको विश्व एघारमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने पनि समावेश छन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीमार्फत इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने मौका मिलेको थियो । जसमा उनले राम्रो प्रदर्शन गरेर वाहवाही कमाएका थिए । दिल्लीबाट पछिल्ला ३ खेलमा बलिङ गर्ने अवसर पाएका सन्दीपले ५ विकेट विकेट लिएका थिए । विश्व एघार र वेष्टइन्डिजबीचको खेलमा पनि सन्दीपले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सो खेलमा उनले कस्तो खेल प्रस्तुत गर्लान् भन्ने जिज्ञासा सबैमा जागेको छ ।

विश्व एघार टीमबाट मोर्गन, अफ्रिदी, शोएब मलिक, थिसारा परेरा, राशिद खान, शाकिब अल हसन, तमीम इकबाल, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, ल्यूक रोंची, मिशेल मेक्लेघनजस्ता खेलाडीलाई यसअघि समावेश गरिएकोमा केही खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन् ।

आईसीसी विश्व एघार टीम:

शाहिद अफरीदी (कप्तान), साम बिलिङ्गस (विकेट कीपर), साम कुरान, तमीम इकबाल, टेमल मिल्स, दिनेश कार्तिक (विकेट कीपर), राशिद खान, सन्दीप लामिछाने, मिशेल मेक्लेघन, शोएब अख्तर, थिसारा परेरा, ल्यूक रौन्ची (विकेट कीपर), आदिल राशिद र मोहम्मद शामी ।

टीम वेस्टइन्डिजः

कार्लोस ब्राथवेट (कप्तान), स्यामुएल बद्री, रायाद एमरिट, एन्ड्रे फ्लेचर, क्रिश गेल, एविन लेविस, एश्ले नर्स, कीमो पउल, रोवमान पोवेल, दिनेश रामदीन (विकेट कीपर), एन्ड्रे रूसेल, मार्लोन सामुएल्स र केसरिक विलियम्स ।

अमेरिकी जनप्रतिनिधिको उपस्थितिमा नेपालीहरुको हर्नडन झांकीको निम्तो !!

उत्तर भर्जिनिया तथा डिसी महानगर क्षेत्रमा रहनुहुने दिदीबहिनी, दाजुभाई तथा बुबाआमाहरु,

तपाई हाम्रै आयोजना र नर्दर्न भर्जिनियाका हामी सवै नेपाली समुदायको सहभागितामा यहॉको प्रसिद्ध मेला हर्नडन फेस्टिभलमा नेपाली पहिरन र झॉकी सहित सहभागिता हुन लागेको कुरा सुनाउदा धरै खुशी लागेको छ । सो कार्यक्रमलाई सफल बनाउन आगामी June 2 शनिबारका दिन विहान 10 बजे हर्नडन लाईब्रेरीको गेटमा उपस्थित हुनुहुन अनुरोध छ । यस मेलामा हुने नेपालीपनको प्रदर्शनले विदेशीहरुलाई नेपाल चिनाउन र नेपालीहरुलाई यहॉको समाजमा घुलमिल हुन सहयोग पुग्ने छ । यस झॉकीलाई भब्य र विषेश नेपाली महत्वको कार्यक्रम बनाउन यहॉहरुलाई भएसम्म नेपाली सारीचोलो र दौरासुरुवाल वा आफ्नो जात जाति वा संस्कृति झल्काउने पोशाक लगाएर साथमा आफ्ना बालबच्चाहरुलाई पनि नेपाली सॉस्कृतिक पोशाक लगाएर नेपाली र अमेरिकी झण्डाहरु समेत लिएर आउन यहॉहरुलाई हार्दिक अनुरोध छ।

स्थान: हर्नडन लाइब्रेरीको अगाडि गेट ।

Herndon Library Front Gate.
768 Center St. Herndon, VA, 20170-4640
Date: June 2nd, Saturday
Time: Sharp 10 am

Contact:

Gunaraj Luitel, (Coordinator)- 703-720-0360

Govinda Subedi (NRNA-VA) (703) 867-2999‬

Arjun Sigdel(MoNSo)- ‭(913) 850-1825

Parshuram Bhandai- ‭(703) 474-7606‬

Rudra Dhungel(Shree Om Kirtan Mandali)-‭(717) 623-6890‬

Bimal Acharya(Herndon)-‭(717) 623-6890‬

Mahendra Raj Subedi(Herndon)- ‭(571) 299-7291‬

Krishna Parajuli(Herndon)- ‭(404) 219-3687‬

Binod Bhandari- Herndon- ‭(703) 618-2251‬

Chhatra Shrestha- Herndon- ‭(571) 218-8048‬

Kamala Dulal Neupane: ‭(571) 265-4262‬

Sushila Subedi- ‭(703) 598-9590‬

नेपाली र अमेरिकी झण्डा लिएर आऔं ।

-पुनश्च: हर्नडन फेस्टिभलको बस लिएर आउन अलिक सजिलो हुन्छ होला किनकि त्यो स्थानसम्म ड्राइभ गर्न अनुमति हुंदैन त्यस दिन ।
नोट: सोही दिन २ बजेदेखि रेष्टन लेक पार्कमा हुने हाम्रो वार्षिक पिकनिकमा पनि जाउ र रमाइलो गरौं ।

अनुरोधक:

आदर्श नेपाली समाज अमेरिका
श्रीॐ कीर्तन मण्डली
एनआरएन भर्जिनिया च्याप्टर

Lets make this American Nepali Cultural event a grand success:

Our Guests:

1. Gerry Connolly, Congressman from our district
2. Jennifer Barton Boysko, House of Delegates, Virginia.
3. Lisa Markel, Mayor, Herndon
4. Bill McKenna, Council Member, Herndon
5. Couple more guests are being confirmed!

दीगो विकास लक्ष्य गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य

काठमाडौं, १६ जेठ
दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले एसडीजीलाई केन्द्रीकृत गरेर बजेट ल्याइएको र नेपालले दीगो विकास लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको जानकारी दिए ।

निजी क्षेत्रले नाफा कमाउने उद्देश्य पूर्ति गर्न खोज्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दमा राख्नपर्ने र सवैले कर्पोरेट सामाजिक उत्तरदायित्वको वहन इमान्दारिताका साथ गर्नपर्नेमा उपाध्यक्ष कँडेलको जोड थियो ।

राज्य र जनतालाई छलेर जसरी भएपनि कमाउने प्रवृत्ति हावी भयो भने असमानता कायम हुन गइ भविष्यमा पुन द्वन्द्ध निस्कने उहाँको ठम्याइ थियो ।
कुल गार्हस्थ उत्पादनको ३३ देखि ४० प्रतिशतमात्र राज्यले धानिरहेको र बाँकी निजी क्षेत्रले धानिरहेको जानकारी दिंदै उपाध्यक्ष कँडेलले राज्य संक्रमणकालबाट माथि आइसकेकाले आर्थिक समृद्धितर्फ अगाडि बढ्न मार्ग प्रशस्त भएको बताए ।
एलडीसी वाचाका ग्लोबल कोर्डिनेटर गौरी प्रधानले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, अर्थ , विकास, वातावरण, यातायातलगायतमा महत्वपूर्ण योगदान गरेकाले दिगो विकास लक्ष्यमा पनि ठूलो देन रहने जानकारी दिए ।

नेपाल सरकारले बजेटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको नारा समेटिएकोमा खुशी व्यक्त गर्दै २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न अथक प्रयास निजी क्षेत्रले पनि गर्नुपर्नेमा जोड दिए ।  दीगो विकास लक्ष्य हासिल गर्नका लागि वर्षेनी ७ देखि ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने देखिएको र यसका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

नेपालमा औद्योगिक क्षेत्रको सम्मुनत विकास हुन नसकेको र पारिवारिक व्यवसायको रुपमा मात्र निजी क्षेत्रको उदय भइरहेको हुँदा आयातमुखी व्यापार फस्टाइरहेको उनको ठम्याइ छ ।

दीगो विकास लक्ष्यले आर्थिक वृद्धिदरलाई मात्र नहेरीकन सामाजिक विकासको पाटोलाई पनि हेर्ने जानकारी दिंदै उनले दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रले ५५ प्रतिशत योगदान दिनुपर्ने बताए ।

प्रफित, पिपुल र प्लानेटलाई केन्द्रविन्दुमा राखेर निजी क्षेत्रले कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा उनको जोड रहेको छ ।
सरकारले लगानी गर्दागर्दै पनि जनताले शिक्षा, स्वास्थ्य र यातायातमा वढी खर्च गर्नुपर्ने देखिनु भनेको व्यवस्थापनमा कमजोरी हो भने पुष्टि भएको बताउँदै उनले निजी क्षेत्रले नाफा मात्र नभइ सामाजिक उत्तरदायित्वमा पनि ख्याल गर्नुपर्ने धारणा राखे ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातका क्षेत्रमा दीगो विकास हासिल गर्न निजी क्षेत्रले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए ।

निजी स्वास्थ्य संस्था संघ नेपाल (अफिन)का महासचिव हेमराज दाहालले निजी क्षेत्रले १४ हजार २२० शयासहित अस्पताल चलाइरहेको र यसमा १ खर्वभन्दा वढी लगानी रहेको जानकारी दिए। सरकारले स्वास्थ्य सेवाको पहुँच सर्वत्र पु¥याउन नसकेको अवस्थामा निजी क्षेत्रले ६० प्रतिशत जनतालाई स्वास्थ्य सेवा दिइरहेकाले दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण रहने धारणा राखे ।

प्याव्सनका उपाध्यक्ष इश्वर गुरुङ्गले स्वास्थ्य, यातायात , उर्जालगायतका क्षेत्रमा दीगो विकास लक्ष्य हासिल गर्न शिक्षा अपरिहार्य रहेको धारणा राख्दै ३० प्रतिशत विद्यार्थीहरु निजी क्षेत्रमा अध्ययन गरिरहेको जानकारी दिए ।
शिक्षा सेवा शुल्क बजेट बक्तव्यमार्फत घटेकोमा खुशी व्यक्त गर्दै वडाध्यक्षको अध्यक्षतामा शिक्षा निति बन्न थालेकोमा आफूहरु आश्चर्यचकित भएको उपाध्यक्ष गुरुङ्गको कथन थियो ।

नेसनल प्याव्सनका अध्यक्ष रितुराज सापकोटाले अनिवार्य र निःशुल्क शिक्षा भनेर दीगो विकास लक्ष्य हासिल नहुने यसका लागि ४ लाख भन्दा वढी विद्यार्थी किन विद्यालय बाहिर छन् र वर्षेनी १० लाख विद्यार्थीले किन पढाइ छाड्छन् भन्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वाँरले यातायात अत्यावश्यक छ भनेर सरकारले बुझ्न नसकेको र निजी क्षेत्रले निस्तेज पार्ने गरी नियम ल्याउनुभन्दा नियमन गर्नेतर्फ सरकार केन्द्रीत हुनुपर्ने बताए ।

सिन्डिकेट भयो भनेर कम्पनीलाई प्रश्रय दिंदा दुर्गममा गाडी गुड्न बन्द हुने उनको ठम्याइ छ । साझा यातायातले गोरखामा नाफा नभएपछि गाडीहरु सवै काठमाडौंमा नै गुडाउनुको कारण के हो भनेर सवैले बुझ्नुपर्ने पनि उनले बताए ।

कार्यक्रमपछि दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकार, निजी क्षेत्र र नागरिक समाज एकत्रित भइ अगाडी वढ्नुपर्ने बुझाइका साथ काठमाडौं घोषणापत्र जारी गरिएको थियो ।

पाचौ मिस्टर एण्ड मिस एसईई आईडल २०१८ को उपाधि गगन कार्की र सुभेच्छा मालाकारलाई

पाचौ  मिस्टर एण्ड मिस एसईई आईडल २०१८ को उपाधि गगन कार्की र सुभेच्छामालाकारले जितेका छन् । एसईई दिएर बसेका बिद्यार्थीहरुको प्रतिभालाई प्रष्पुटन गराउने उद्धेश्यले आयोजना गरिएको स्ट्रिक्स मिस्टर एण्ड मिस एसईई आईडल २०१८ अन्तर्गतको पाचौ शृंखला प्रतियोगितामा मिस्टर एसईई आईडल २०१८ तर्फ फस्ट रनरअप रुपेश बस्नेत र सेकेण्ड रनरअप अविसान्त कार्की भएका छन् ।

ट्रिनिटी ईभेन्ट म्यानेजमेन्टले गत शनिबार राजधानीमा आयोजित गरेको फिनाले प्रमुख निर्णायक नायक तथा गायक कोशिस क्षेत्रीले तपाई आफ्नो प्रेमी तथा प्रेमिकाको लागि धर्म परिवर्तन गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने प्रश्नको जवाफमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै गगन र सुभेच्छाले उपाधि उक्त उपाधि हात पार्न सफल भएका हुन् ।

त्यस्तै मिस एसईई आईडल २०१८ तर्फ फस्ट रनरअपको उपाधि सुरक्षा बस्नेत , सेकेण्ड रनरअपको उपाधि पुजा तामाङ, र थर्ड रनरअपको उपाधि आकृति खतिवडाले जित्न सफल भएका छन् ।

अन्य उपाधिहरुमा मिस्टर तर्फ बेस्ट वाक , मिस्टर भिवर च्वाईस, मिस्टर फोटोजेनिक, बेस्ट ड्रेस र मोस्ट फ्रेण्डलीको उपाधि फस्ट रनरअप रुपेश बस्नेतले हात पारे । त्यस्तै मिस्टर कन्फिडेन्ट गगन कार्की , मिस्टर डिसीप्लेन्ट यमन बहादुर मगर , मिस्टर पब्लिक च्वाईस अभिसान्त कार्की , मिस्टर अर्गनाईजर च्वाईस प्रदिप कार्की , र बेस्ट पर्स्यानिलिटी रोहन बिष्ठ भएका छन् ।

त्यस्तै मिस एसईई आईडल २०१८ तर्फको मिस ट्यालेन्ट पुजा तामाङ, मिस फोटोजेनिक र मिस भिवर च्वाईस टिना गुरुङ, मिस अर्गनाईजर च्वाईस मनिता खड्का , मिस क्याटवाक, बेस्ट ड्रेस , र मिस बब्ली आकृति खतिवडा, बेस्ट पर्स्यानिलिटी सुनिता नेपाल , मिस डिसीप्लेन्ट रमुना विश्वकर्मा, मिस पब्लिक च्वाईस सुभेच्छा मालाकार , बेस्ट स्माईल प्रितिका बास्तोला, मिस कन्फिडेन्ट अस्मिता पोडेल , ब्युटिफुल आईज निशा भण्डारी , बेस्ट हेयर सोना तिमल्सिना , बेस्ट स्किन सर्मिला कार्की , र मिस पंकचुयालिटी सुरक्षा बस्नेतले उपाधि हात पार्न सफल भए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा का सदस्य तथा पुर्व मन्त्रि महेश बस्नेतले सुन्दरता व्यापारलाई उध्योग अन्तर्गतमा आफुले राखेको भन्दै अबको पाच बर्षमा नेपालका युवा जनशक्ति बिदेश पलायन गर्नमा रोक्ने र देशमै उद्योग र रोजगारीको अवसर प्राप्त हुने बताउनुभयो ।

कार्यक्रम बारे बोल्दै आयोजक ट्रिनिटीका प्रबन्धक निर्देशक सुदन थापाले यस्तो प्रतियोगिताले बिद्यार्थीहरुको आफुमा भएको प्रतिभा चिन्न र आत्मबल बढाउन मद्धत पुग्ने भन्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्ने बताएका थिए । आयोजक ट्रिनिटीका सीईओ सावित्री ढुंगानाले उपाधि बिजेतालाई बधाई ज्ञापन दिदै उनीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताइन ।

निर्णायक मण्डलमा प्रमुख निर्णायक गायक तथा नायक कोशिश क्षेत्री , आस्था न्युजका प्रमुख सम्पादक पारस कुमार पोखरेल , बिपुला जोशी खनाल , सुनिता गौतम , प्रसन्न अर्याल , सोनित राज ढुंगेल र राज पाण्डे रहेका थिए ।

त्यस्तै कार्यक्रमका प्रस्तोतामा दिनेश डिसी रहनु भएको थियो भने प्रतियोगितालाई नमिता भण्डारीले कोरियोग्राफी गर्नुभएको थियो ।

बजेटले अपमान गरेको भन्दै बैठकमा रोए सांसद

३३ किलो सुन प्रकरणमा ठुलो माछा प्रधान्मन्त्री ओली !

 

नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन् ।

नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले बालबालिका, युवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताए । २०२४/०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।’ प्रधानमन्त्री ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने समेत बताए ।

‘नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं’, प्रधानमन्त्री ओलीले भने । नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता पजि व्यक्त गरे । जम्बोरीमा भाग लिन नेपाल सहित भारत, भुटान, बंगलादेशबाट सहभागीहरु आएका छन् ।

आफु सुकुम्बासी भएर पनि काठमाडौँ मै सबैलाई फ्रिमा जारको पानी पिलाउने यी समाजसेवी भुमराज पुरी भन्छन्म, ‘मरेर कसले के लान्छ र ?’ [हेर्नुहोस् भिडियो ]

पिएनपिखबर, भक्तपुर। सिन्धुपाल्चोक,मेलम्ची घर भएका भुमराज पुरी समाजसेवी हुन्। उनको दुई वटी श्रीमती र ८ छोरी छन्। छोरी सबैको विवाह भैसकेको छ। आफ्नो छोरा नभएकोमा उनलाई कुनै गुनासो छैन। छोरी ज्वाई नातीनातिना सबै खुसी छन् र उनी पनि अहिले खुसि जीवन बिताईरहेका छन्।

भुमराज आफ्नो घरजग्गा अरुलाई कमाउन दिएर लाहुर हिडेका थिए । धन आर्जनको लागि २०१५ सालमा नै उनी इण्डिया गएका थिए। २८ वर्ष सम्म इण्डिया बसेर २०४२ सालमा उनी फेरी आफ्नै देश नेपालमा नै आए। आफ्नो जन्मस्थान सिन्धुपाल्चोक सम्झिएर उनी नेपाल आउनासाथ सिन्धुपाल्चोकमा नै गए।

आफ्नो जन्मथलो छोडेर गएको त्यत्तिका वर्ष हुँदा पनि भूमिराजले आफ्नो गाउँलेलाई भने उहि पुरानै अवस्थामा भेटे। जस्तो उनले छोडेर गएका थिए सबै उस्तै गरिव थिए। उनको गाउँलेको प्रगति नदेख्नाले भुमराजलाई मन भारी भएर आयो। त्यसैले पनि उनले कमाउन दिएको जग्गा उनीहरुको नाममा पास नै गरेर काठमाडौँमा केही गर्ने अठोटका साथ काठमाडौँ आए।

काठमाडौँमा भुमराजको कोहि थिएन उनी नितान्त एक्लो थिए। उनले जोरपाटी बस्ने निधो गरे। तर टाउको लुकाउने ठाउँ समेत उनीसँग थिएन। पंचायतकाल भएकोले उनले आफ्नो प्रधानपन्च चक्र बहादुर ठकुरी समक्ष आफ्नो गुनासो पोखे। प्रधानप्रंचकै सहयोगमा उनले बस्ने बास पाए।

बस्ने बास त पाए तर जिविको पार्जनको लागि काम भने भुमराजसँग अझै थिएन। उनले आफ्नै केहि व्यवसाय शुरुवात गर्ने निधो गरे। सोहि अनुरुप व्यवसाय पनि गरे तर उनलाई फापेन। व्यपारव्यवसायमा घाटा भएर उनी सुकुम्बासी हुन पुगे। आफु सुकुम्बासी भएता पनि समाज सेवी भावना भने उनमा सधै रहिरह्यो।

‘मैले जीवनमा धेरै दुख पाए। यति सम्मकी पानी खाने पैसा सम्म मसँग नहुनाले मैले पानी खान पाइन। त्यसैले मेरो जस्तो अवस्था अरुको नहोस्। गरिब दुखि असाह्ययले पानी खान पनि नपाउने स्थिति नआओस भनेर मैले यो पानीको जार राखिदिने निधो गरे।’ हर्षित मुद्रामा भुमराजले भने।

भुमराज बस्ने घर नजिकै बाटोमा हिड्ने बटुवालाई पानी खान नपाएर अप्ठेरो नपरोस भनेर उनले जोरपाटीको एक चौतारीमा पानीको जार राख्दिएका छन्। शनिवार पिपलको पुजा गर्ने भक्तजन चौतारा धाउने गर्दछन्। एकदिन चौतारा भत्कियो। उनले २०७४ साल जेष्ठ महिना २ गते स्थानीय चुनावको दिन पारेर भत्किएको चौतारा बनाए। उनले पानीको जार राख्ने ठाउँ बनाइवरी त्यहाँ गणेश, बिष्णु भगवानको फोटो पनि राखिदिए।

दिनमा ४ जारसम्मको पानी लाग्ने उनी बताउछन्। दिनमा जति जार पानी लागे पनि उनी निस्वार्थ भावनाले समाजसेवा गरिरहेका छन्। पानी खाने बटुवाले पानी खाए पश्चात उनलाई सकारात्मक प्रतिकृया दिने गर्दछन्।

धनसम्पत्ति मरेर कसले पो लान्छ र बाचुन्जेल सेवा गर्नु पर्छ। सेवा नै धर्म हो भन्छन् भुमराज पुरि। पोहोर साल मात्र उनले आफ्नो जन्मदिनको अवसर पारेर १९० गरिव बृद्धवृद्धालाई बिहानबेलुका दुई छाक नै भोजन गराएका थिए।

लोभ, मोह,लालच त्यागेर समाजसेवामा लागेका भुमराज अहिले चिया व्यवसाय गर्छन्। यसैले जिविको पार्जन गरिरहेका छन् र उनी एकदम खुसी जीवन बिताइरहेका छन्।

चाबहिल- साखु मुख्य बाटो र यहाँका जनप्रतिनिधिहरुको लाचारी।

 


हरेक बर्ष झै यो बर्ष पनि बर्खा सुरु हुँदै छ। अनि हरेक बर्ष झै यो बर्ष पनि जोरपाटी देखि साखु, नाङ्ले भारे तथा जोरपाटी- सुन्दरीजल सम्मका जनताले बिगतका बर्ष झै सडकमा पौडी खेल्नुपर्ने बाध्यता पुरानै छ।

बिगतका झै यो बर्ष पनि नया नेता आए, गाबिसहरु नगरपालिका भए, अध्यक्षको पदोन्नति भएर मेयर उपमेयर भए यहाँका जनताको मुख्य बाटो चाबहिल- साखु तथा जोरपाटी- सुन्दरीजल जाने बाटो झन- झन जृण हुँदै गए। यसको जिम्मेवार यहाँका जनता हुनकि जनताले चुनेर बिकाशको लागि छानेका यहाका जनप्रतिनिधि, माननीय र मेयर साब हरु हुन त्यस्को मुल्यांकन अब जनताले गर्नु पर्ने दिन आएको छ।

जब सम्म जनताहरु मुख्य समस्यामध्ये रहेको मुख्य सडकको काम समयमा नगर्ने ठेकेदार, जनप्रतिनिधि, र यहाँका माननीयहरुको घर-घरमा पुगेर लाठो देखाउदैनन तब सम्म नेता तथा माननीय सरकारी तलबको आनन्दमय भात र योछ्यान बाट बाहिर निस्कने छैनन।
उनीहरुलाई देशको बिकाश, जनताका समस्याको समाधानका लागि चुनेर पठाएको सरकरी तलब, भात र सरकारी गाडीमा आरमदायी सुबिधा मात्र लिन होइन भन्ने ज्ञान जनताले घर- घरमा लाठो सहित नपुगेसम्म आउने वाला देखिदैन।

दुई- दुई चोटि जनप्रतिनिधि बनायर माननीय भएका नेताहरु यहाको बिकाश भन्दा पनि आफ्नै बिकाशमा तल्लीन भएका छन। जनता हिड्ने सडक ५ बर्षदेखी जृण हुँदै गएको छ, अहिले चाबहिल- नारायणटार बैकल्पिक रुपमा प्रयोग गरिने गौरिघाट देखि नारायणटार खोलाको बाटो पनि पानी ट्यान्कर र टिपर आवत जावतले चाबहिल- साखु रोड्कै हालत भएको छ। जनता दिन दिनै यहाको हिलो र पोखरी भएको बाटोमा नुहाउदै पौडी खेल्दै आवत जावत गर्नु उनिहरुको दैनिक बाद्यता रहेको छ।
सरकारी निकायले कुनै पहल नगर्नु, यहाका नेता, माननीय, साम्सद, मेयर कानमा तेल हालेर बस्नु अनि जनता नेताको घर-घरमा पुगेर झकझक्याउन नसक्नु मुख्य कारण नै यो बाटोको समयमा काम नहुनु हो।

सरकारि निकायका कर्मचारी निकम्मा हुनु, घुस र कमिसन नभई काम अगाडि नबढाउनु मुख्य समस्याको जड रहेको छ। सरकारी बजेट झ्वाम पार्ने सरकारी कर्मचारी र ठेकदारको योजना अनुसार जेष्ठ महीनामा जब बर्षा सुरु हुन्छ तब ठेकदारले काम सुरु गर्नु, असार मसान्तसम्म हिलोमा काम गरेजस्तो गर्ने र बजेट सक्ने प्रबिधि जब सम्म अन्त्य हुदैन तब सम्म यहाको मात्र होइन हरेक क्षेत्रमा बिग्रेका बाटोको पनि यहि हालत हो। अनुगमन र निरीक्षण गर्ने बिभाग कमिसनको चक्करमा ठेकदार संग मिलेमतो गर्ने हुनाले पनि हरेक बर्ष निर्माण गर्ने बाटोको आयु औसत ३ महिनाको मात्र हुने गर्दछ। नेता तथा माननीय कानमा तेल हालेर बस्नु पनि हरेक बर्ष उक्त बाटोको लागि सरकारले दिने बजेट र आफ्नो कमिसन घरमै आइपुग्ने हुनाले पनि जनताको सास्ती सङ सरोकार राख्दैनन। उनीहरुको मतलब आफनो भागमा कति कमिसन भन्ने मात्रै रहन्छ।

जबसम्म सरकारले कुनै पनि बाटो निर्माण गर्ने कम्पनीलाई ५ बर्षसम्म बाटो बिग्रेमा वा खाल्डा खुल्डी परेमा पुरानो बिनियोजन गरेको बजेट भित्र काम गर्नु पर्ने नियम बनाउदैन तथा बजेटको २५% रकम रोक्का राख्दैन तथा सरकारी निकायबाट अनुगमन प्रभावकारी हुदैन यी समस्याहरु जिउकातिउ रहनेमा कुनै संका छैन।

कोरियामा बिशेष हौसलाका साथ मनाईएको २५६२औ बुद्ध जयन्ती

कोरियामा नेपालीहरुको बसोबाश सँगै १९९०को मध्यतिरबाट सहभागि भएर मनाइदै आएको “Lotus Lantern Festival” यो बर्ष अझै बिशेष र ऐतिहासिक बनेको छ। कोरियन पाठ्य पुस्तकमै बुद्धको जन्मभुमी इण्डिया भनेर पढाईने मात्र होइन बुद्ध धर्मालम्बिहरुले सम्म पनि बुद्ध लूम्बिनिमा जान्मिएका हुन तर लुम्बिनी इण्डियामा पर्दछ भन्ने गलत बुझिरहेका छन।

यो भ्रम सुन्नेबित्तिकै राष्ट्रप्रेमी जो सुकै नेपालीको मन नदुख्ने कुरै भएन। सन २००६मा NRN कोरियाले बुद्ध जयन्तिकै दिन पारेर कोरियाकै प्रमुख गुम्बा जोगेसाको प्रांगणमा दर्शन गर्न आएका ८०० जना संग सर्बे गर्दा भगवान गौतम बुद्धको जन्मथलो कंहा हो भन्ने सोधमा ८५% इण्डिया, ७% नेपाल र ८% अन्य (मियान्मार, श्रीलंका, थाइलेण्ड, चाइना आदि)को उत्तर दिएको तथ्य हामी संग छ। यो तथ्यलाई आधार मानेर NRNA को बिस्व संजालमै आभियान चलाऊनमा NRN कोरियाको ठुलो देन छ।

यो भ्रमलाई चिर्न कोरियाबाशी सम्पूर्ण नेपालीहरु, पुराना संघ संस्थाहरु जस्तै नेपाली संपर्क समिती, नेपाल बौद्ध परिवार अनी पछी आएर NRN कोरिया, नेपाली दुताबास साथै अन्य धेरै नेपाली सँघ संस्था हरुको ठुलो देन छ। NRN कोरियाको सह्योगमा तत्कालिन सदस्य सरोज कुसुवा भाईले बनाएको “Buddha born in Nepal” डकुमेन्ट्री, नेपाल फर्कनु अघी कोरियाका लागि प्रथम नेपाली राजदुत कमल प्रसाद कोइराला द्वारा पाठ्यपुस्तकमा सुधारकालागी तत्कालिन राष्ट्रपतिलाई पठाएको औपचारिक पत्र अनी पूर्व राजदुत कमान सिंह लामाज्युको पालामा लुम्बिनिबाट ल्याइएको शान्ती दिप आदिले धेरै ठुलो महत्व राख्दछ।

यो बर्ष आएर कोरियाबाशि नेपालीहरुकै सबैभन्दा पुरानो संस्था नेपाली संपर्क समितीको सम्योजन र बौद्ध परिवारको सहकार्य, नेपाली दुताबासको संरक्षकत्वमा बिभिन्न सँघ संस्था तथा मनकारी नेपालीहरुको सहयोगमा “बुद्ध प्रतिमा स्थापना अभियान २०१८” ले ऐतिहासिक अर्को खुडकिलो थपेको छ। बुद्ध जन्मेकै देशबाट आफ्नै मौलिक कला र संस्क्रिती झल्कने भगवान बुद्धको ९फीट अग्लो प्रतिमा कोरियाको ख्यङ्गी प्रान्तको योङइन सिटी स्थित वाऊजङ्सा गुम्बाको प्रांगणमा बनाइएको नेपाली स्तुपामा स्थापना गरी दुबै देशको बौद्ध परम्परा अनुसार पूजापाठ र झांकी सहित प्रतिमा अनाबरण भैसकेको छ।

यो अभियान कोरियामा छरिएको भ्रमलाई चिर्न मात्र होइन इतिहासको सत्य तथ्य को प्रचार प्रसार अनि जताततै बिभाजित भएर होइन एकताले मात्र केही गर्न सक्छ भन्ने अर्को ठुलो पाठ हामीलाई सिकाउन सफल भएको छ।

झन्डै रु १करोडको लागतमा पुरा हुनलागेको यो अभियानमा ६०% नेपालीहरुको सहयोग र ४०% जती वाऊजङ्सा गुम्बाको सहयोगमा सम्पन्न हुँदै छ ।(आर्थिक बिबरणको आधीकारीक विवरण केही पछि सचिबालय मार्फत आउँदै छ)। स्मरण रहोस वाउजंसा गुम्बा चाँहीं बिभिन्न देशहरुबाट ल्याइएका बुद्धका मुर्तिहरु सन्कलन गरेर सँग्रहालयको रुपमा परिचित छ भने यहाँ कोरियन लग्गयत देशका धेरै पर्यटकहरु आउने गर्छन्।

अन्तमा यो अभियानका संयोजक बहिनी अन्जु के सि, सचिबालयका साथीहरु, सहकार्य, सहयोग र संरक्षकत्व गर्नुहुने साथै बिभिन्न तह र तप्का बाट साथ सहयोग गर्नुहुने सम्पूर्ण सहभागि मनहरु प्रती अभियानको एक सदस्यका हैसियतले नमन गर्दै हार्दिक हार्दिक धन्यवाद टक्र्याउंदछु।

“Buddha was born in Nepal” यो विश्वब्यापि अभियानलाई संसार भरी फैलाऔ।
दिन दहाडै लुटीइरहेको हाम्रो राष्ट्रिय अस्मितालाई जोगाऔ।
बुद्धम शरणं गच्छामि..धम्मम् शरणं गच्छामी..संगम शरणं गच्छामी! जय बुद्ध !!

लेखक:के पि सिटौला ([email protected])
नेपाल पर्यटन बोर्डका कोरिया मानार्थ पर्यटन दुत एबं एनआरएन कोरिया संस्थापक अध्यक्ष हुन।

भ्रष्टहरु विरुद्ध स्टिङ अपरेशन जरुरी : गृहमन्त्री

रत्ननगर चितवन, जेठ १७ गते । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उहाँले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गर्नुभयो ।

“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन्”
गृहमन्त्री थापाले भन्नुभयो ।

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उहाँले फोटो पत्रकारलाई ध्यानाकर्षण गराउनुभयो ।

देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उहाँले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याउनुभयो । नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गर्नुभयो । उहाँले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गर्नुभयो ।

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो । पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्नुभयो । पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो ।

महासंघका उपाध्यक्ष दिलीप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसंग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिनुभयो । महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन् ।

प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिवको भेट

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

केही समयभित्रै नेपालमा बिमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि फलदायी हुने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बिमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्छ । बिमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ । ”

उहाँले बंगालको खाडी वरिपरिका मुलुक संगठनका सदस्य रहेकाले यस क्षेत्रमा पानी जहाज सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै एकअर्कामा सम्पर्क विस्तार गर्न थप सहज हुने बताउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश नं सात कै कम बजेट

बैतडी, १७ जेठ : पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ ।

मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ ।

प्रदेश नं ७ का लागि छुट्याइएको कूल रु २१ अर्ब ७० करोड ७६ लाख बजेटमध्ये डडेल्धुराका लागि रु एक अर्ब ५२ करोड ७६ लाख बजेट छुट्याइएको छ । सभापति देउवाको जन्मस्थान गन्यापधुरा गाउँपालिकाका लागि पनि जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा कम रु १६ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।

बैतडीका लागि कूल रु दुई अर्ब ४२ करोड ५७ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ६ गाउँपालिका र चार नगरपालिकामध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा रु ३६ करोड तीन लाख र सबैभन्दा कम शिवनाथ गाउँपालिकामा रु १६ करोड ९६ लाख विनियोजन भएको छ ।

यस्तै, पाटन नगरपालिकाका लागि रु ३० करोड ९० लाख, पुर्चौंडीका लागि रु ३० करोड २१ लाख र मेलौली नगरपालिका लागि रु २३ करोड ५८ लाख बजेट छुट्याइएको छ । दोगडाकेदारका लागि रु २३ करोड ५९ लाख, डिलाशैनीका लागि रु २१ करोड ४६ लाख, पञ्चेश्वरका लागि रु २० करोड ७० लाख, सिगासका लागि रु २० करोड ३७ लाख र सुुर्नया गाउँपालिकाका लागि रु १८ करोड ७७ लाख बजेट विनियोजन भएको छ ।

प्रदेश नं ७ मा कैलालीमा सबैभन्दा बढी रु चार अर्ब १७ करोड २९ लाख बजेट विनियोजन गरेको छ । कञ्चनपुरका लागि रु दुई अर्ब ५६ करोड ७१ लाख, बझाङका लागि रु दुई अर्ब ७३ करोड ७७ लाख, अछामका लागि रु दुई अर्ब ४५ करोड ९८ लाख, दार्चुलाका लागि रु दुई अर्ब नौ करोड आठ लाख, डोटीका लागि रु एक अर्ब ९४ करोड ५५ लाख र बाजुराका लागि रु एक अर्ब ७८ करोड पाँच लाख बजेट विनियोजन गरेको छ ।

प्राथमिकतामा परेका प्रदेश नं ७ का आयोजनाहरु

सरकारले प्रदेश नं ७ मा पश्चिम सेती जलविद्युत् आयोजना, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति, कैलाली–पाण्डुल सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन, लम्की–बरेली प्रसारण लाइनको डिपिआर तथा चुरे तथा भित्री मधेशका उपत्यकालाई कृषि, व्यावसायिक तथा औद्योगिक कोरिडोरका रुपमा विकास गर्न झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजना बजेटमा समावेश गरिएको छ ।

यस्तै सेती राजमार्ग–टीकापुर–लोडे–चैनपुर (ताक्लाकोट) निर्माण एवं स्तरोन्नति, बिपीनगर–खुटिया दीपायल सडकखण्ड सर्वेक्षण गरी सुरुङ मार्ग निर्माण प्रारम्भ गरिने, मेची–महाकाली विद्युतीय रेलमार्ग, बुटवल–गड्डाचौकी र मेची–महाकाली–काठमाडौँ लिंकमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्न बजेट विनियोजन गरिएको छ ।

Wednesday, May 30, 2018

वर्षायाममा भेरी नदिको बाढीको खतरामा रहेको डोल्पाको सदरमुकाम दुनै बजार । तस्बिर : रासस

घर सफा राख्ने चितवन पदमपुरका साने परियार सम्मानित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १६ जेठ ।

चितवनको कालिका नगरपालिका वडा नं. ४ पदमपुरका साने परियारले आफ्नो घर सफा सुग्घर राखेकोमा पुरस्कृत भएका छन् । वडामै सफा घर भएकोले नमूना घरको रुपमा उनलाई आज पदमपुरमा आयोजित कार्यक्रममा नगद सहित सम्मान गरिएको हो ।

पूर्ण सरसफाई, वातावरणमैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धि २ दिने तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा परियार सम्मानित भएका हुन् । वडाका ७ वटा टोल विकास संस्था, स्थानीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको २ दिने तालिममा ६५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरु कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वातावरण अभियन्ताहरु नारायण प्रसाद दवाडी, यमनाथ आचार्य, बिरेन्द्र पौडेलले सहजीकरण गरेका थिए । तालिममा व्यक्तिगत सरसफाई, घर, समाज सरसफाई, वृक्षारोपण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

कालिका नगरपालिका वडा नं. ४ को आयोजना तथा लेट्स डु इट नेपालको समन्वयमा कार्यक्रम भएको थियो । वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, वडा नं. ५ का वडा अध्यक्ष जियन महतो, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य, कार्यक्रम संयोजक बल बहादुर श्रेष्ठ, पिपरीया टोल विकास संस्थाका देवीलाल कंडेल, प्रतिवेदक तिला देवी तमाङले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा सहभागीहरुले स्थानीय पदमपुर बजारको सरसफाई गर्दै प्रत्येक शनिबार बिहान टोल विकास संस्थाको समन्वयमा वडाका सबै स्थानमा सरसफाई गर्ने प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर समेत गरेका थिए ।

बृहत सरसफाई वेगनासमा

अहिले सम्मकै बृहत सरसफाई वेगनासमा हुने।
जेठ १६, पोखरा लेखनाथ – पोखरा उपत्यका बृहत सफाई अभियानको १०५ औं हप्ता को सरसफाई कार्यक्रम आगामी शनिबार बेगनासतालमा हुने बताईएको छ। मंगलबार बेगनासमा आयोजित एक कार्यक्रममा बेगनास युवा क्लबले संचालन गरिरहेको बृहत वेगनास सरसफाई अभियानलाई साथ दिदै उक्त अभियान हुन लागेको पोखरा बृहत सफाई अभियानका संयोजक राम बहादुर पौडेलले बताए।
क्लवलाई निरन्तर सफाई अभियानमा लागेकोमा खुशी व्यक्त गर्दै उक्त कार्यको प्रसंशा गर्दै सबैको साथ र सहयोगले मात्र सरसफाई अभियान सफल बन्ने कुरा जिकिर गरे।
१४ औं हप्ता सम्पन्न गरेको बेगनास युवा क्लबले पोखराकै ठूलो सफाई अभियानको साथले अझै हौसला थपिएको अभियानका अभियन्ता तथा क्लव अध्यक्ष राम रानाभाटले जानाकारी दिए। “शनिबार बिहान ८ बजे नै बेगनासतालमा भेला भएर हाम्रो सरसफाई अभियान सुरु हुनेछ” रानाभाट्ले भने।
उनले स्थानीय वासी, लायन्स तथा लियो क्लव, रोटरी तथा रोट्र्याक्ट क्लव, जेसिज, बैंक तथा सहकारी, आमा समूह, मत्स्य तथा डुङ्गा ब्यवसायी, होटल एसोसिएसन, बस समिति लगायत लाई उपस्थित भएर हौसला प्रदान गर्न अनुरोध समेत गरे।
पुर्व तयारी वैठक एवम् नागरिक जागरण कार्यक्रममा उपस्थित वक्ता हरुले विल्कुलै सामाजिक यस कार्यमा ऐक्यबद्धता जनाउदै सहभागीताको प्रतिवद्दता समेत व्यक्त गरेका छन्।

महिलाको नेतृत्वमा सामुदायिक भवन

बाबियाचौर, म्याग्दी, १६ जेठ ।  बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो ।

तत्कालीन सांसद विकास कोषको रु एकलाख र बेनी नगरपालिकाको रु दुई लाख अनुदानसहित रु सात लाखको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो । भवन निर्माणका लागि महतले रु ८० हजार सहयोगको घोषणा गर्नुभएको छ ।

जम्मा ३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीले छआना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । सत्तरी जना क्षमताको भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोहलगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

रत्ननगर, चितवन, १६ जेठ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो ।

सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ ।

राति गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि राति १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो ।

उनको उपचारकै क्रममा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

संसदमै गगन थापाले ओलीलाई थर्काउदैं भने- ‘ओली राजा होइन’

कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘मार्क्सवाद र समाजवाद’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौँमा उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए ।

उनले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।’

विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उनको जोड छ ।

प्रधानमन्त्री ओलीले मार्क्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसांै शताब्दीमा पनि मार्क्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताए ।

सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् । –

राजाले छाडेपछि यस्तो भयो दरबारको हालत

काठमाडौँ। सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिना भित्र सार्वजनिक गर्ने योजना अघि सारेका हुन्।

यस अघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आएको थियो। बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संचारकर्मीमाझ संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गूरु योजना बनाउने सोच आफूले अघि सारेको मन्त्री अधिकारीले स्पष्ट पारे।

मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए। मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो।

राजतन्त्र र त्यसको ऐतिहासिकता मर्न नदिन सरकारले यसलाई संग्राहलयमा परिणत गरेको हो। मन्त्री अधिकारीले नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन सरकार सचेत रहेको स्पष्ट पारे। सरकारले यो संग्राहलयको उचित व्यवस्थापनका लागि छुट्टै समिति बनाउने योजना पनि तय गरेको छ।

दुई पार्टीबीचको एकता जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसरः प्रचण्ड

काठमाडौँ, १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘मार्क्सवाद र समाजवाद’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, ‘माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।’

‘जनवादलाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा हामीले सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ’, प्रचण्डले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तनका साथै समावेशी लोकतान्त्रिक संघीय गणतन्त्रका साथ समाजवाद उन्मुख संविधान दिलाउनु विश्वका लागि पनि एक सन्देश हो ।’

नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत मार्क्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भने ।

नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वका सरकार रहेको सन्दर्भमा कम्युनिष्ट र समाजवादी आन्दोलनका विश्व अनुभव आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने बताउँदै उनले श्रमिक वर्गको मुक्ति र सामाजिक समृद्धिका लागि मार्क्सवाद बाहेक अर्काे दर्शन नभएको धारणा व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै मार्क्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताए । सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् ।

गंगामाया पुनः अनसनमा, भन्छिन्– मेरो दाहिने खुट्टा चल्न छाडिसक्यो, देब्रे उचाल्न सक्दिन

काठमाडौँ। छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै १४ वर्षयता सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६२ वर्षीय गंगामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर मंगलबारदेखि फेरी आमरण अनसन सुरु गरेकी छन्।

लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी गंगामायाले अस्पतालकै बेडबाट संचारकर्मी र मानव अधिकारकर्मीमाझ छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै फेरी आमरण अनसन घोषणा गरेकी हुन्।

त्यसक्रममा गंगामायाले छोराको हत्यारालाई अझै कार्वाही नगरेकोमा सरकार र आफूमाथि न्याय नगरेको भन्दै अदालतप्रति आक्रोश पनि व्यक्त गरिन्। अव आफूलाई पनि फाँसी दिएर मारी दिन सरकारसँग माग गरिन्। गंगामायाले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला पति नन्दप्रसादको पनि ज्यान गएकोमा भावविह्वल हुँदै अव पनि न्याय नपाए आत्मादाह गर्ने चेतावनी पनि दिइन्।

जनताका लागि वर्तमान सरकार अन्तिम आशाः प्रधानमन्त्री ओली

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तलमाथि पर्न नदिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको लागि यो सरकार अन्तिम आशा हो । जनताको यो आशालाई तलमाथि पर्न दिइदैन । हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताए । प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठूलो अन्याय गरेको बताए ।

‘असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘ती बच्चाहरु फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।’

बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताए ।

शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरेका छन् । अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘पढाउन नजान्ने शिक्षक राखेर हँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘सबै शिक्षकहरुले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहोस । बिषयवस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?’

प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवश्थाको अन्त्य हुनुपर्ने बताए । ‘शिक्षालाई आधुनिक, प्रतिष्पर्धी, विकास र रोजगारसँग जोडिएको बनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने ।

लाखौँ दर्शकको सर्पोट र ठुलो विश्वासका साथ आईपिएल खेल्न मैदान झरेँ

भरतपुरको रङ कारखानामा आगलागी

चितवन, जेठ १६ गते । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय, भरतपुरका प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । रङ बलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो ।

विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागी भइरहेकाले क्षतिको अनुमान गर्न नसकिएको र छिटो नियन्त्रणका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

खुला विश्वविद्यालय

काठमाडौँ, जेठ १६ गते । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्नेछन्’’, उहाँले भन्नुभयो ।

प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ । सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ ।

विश्वविद्यालयले डेढवर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

आइतबारदेखि शुरु गरिएको पढाइमा ४०६ विद्यार्थी छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययनअध्यापन हुनेछ ।

व्यवस्थापन र कानून सङ्काय, सामाजिकशास्त्र तथा शिक्षा सङ«कायबाट साधारण विषयदेखि इञ्जिनीयरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने र विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुनेछ ।

शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तक्र्रिया भएको हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’’

अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले पढ्नका लागि प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिने छौँ’’, उहाँले भन्नुभयो, ‘‘त्यसले शिक्षक र विद्यार्थीबीच आत्मीयतासमेत बढाउनेछ ।’’

सरकारले सङ्घीय–संसद्बाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको बताउनुभयो ।

अमेरिकामा सत्य-स्वरुपको सांगीतिक कार्यक्रम

अमेरिका । नेपालका ख्यातिप्राप्त गायक दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यले अमेरिकामा संयुक्त सांगीतिक कार्यक्रममा आफ्नो गायन कला प्रस्तुत गर्ने भएका छन् । with usa ko neplai new singer Binay Poudel le Bhakra raj acharaya ka geet prasut garne vhaya chan vhane Jenisha Chudal le afnu nirtaya prastut garne ra so program lai Nepolina le sanshalan garne vhaya ka chan  आर एन आर ग्रुपले ‘सत्य एण्ड स्वरुप लाइभ विद डिनर’ नामक सांगीतिक Charity सांगीतिक अमेरिकास्थित भर्जिनियाको फेयर फ्याक्स तन्दुरी नाइट्स Fairfax ma आयोजना गर्न लागेको हो ।

कार्यक्रम यही आउँदो जुन महिनाको शनिबार २ तारिखका दिन साँझ सात बजेदेखि सुरु हुने आयोजक रोशन पुरी ले जानकारी गराएको छ। कार्यक्रमबाट जम्मा भएको रकम भक्तराज आचार्यको उपचारमा खर्च गरिने छ । नेपालका ख्याती प्राप्त वरिष्ठ गायक भक्तराज आचार्य लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित छन् । सत्यराज र स्वरुपराज दुवै वरिष्ठ गायक तथा भजन सम्राट भक्तराज आचार्यका छोराहरु हुन् ।
च्यारीटी कन्सर्टमा प्रवेश शुल्क अमेरिकी डलर ३० सहित रातको खाना समाबेश गरिएको छ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आर एन आर ग्रुपक्का रोशन पुरी लाई (७०३) ६२५-७३२९ मा सम्पर्क गर्न सकिने छ ।tickets ko lagi prasant pokheral laipani sampark ka garna sakincha 703-883-7749

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, जेठ १६ गते । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७।१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ ।

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत, आधारभूत तह ९कक्षा १ देखि ८० को ९२.३ प्रतिशत र माध्यमिक तह ९कक्षा ९ देखि १२० को खुद भर्नादर ४३.९ प्रतिशत पुगेको छ ।

आव २०७३/०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७.२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७.१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ ।

आव २०७४/०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास÷पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् ।

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

काठमाडौँ, १६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँणले यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बताउनुभयो । “उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा नयाँ रोजगारी खुल्ने देखिएन”, उहाँले भन्नुभयो ।

कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको टिप्पणी भएको उल्लेख गर्नुभयो ।

पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आमनेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनी टिप्पणी गरेको छ ।

निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको शंका छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५-७६ को बजेट प्रस्तुत गर्नुभएको थियो ।

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, १६ जेठ :प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।”

उहाँले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताउनुभयो ।

शिक्षकका परीक्षा चाँडै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने र त्यससँगै खुल्ला परीक्षा पनि लिइने जानकारी दिनुभयो ।

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी सबैसँग परामर्श गरेर संघीय शिक्षा ऐन तथा अनिवार्य शिक्षा ऐन ल्याउने बताउँदै उहाँले शिक्षाको बजेट क्रमशः बढ्दो क्रममा रहेको र उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको तथा विद्यार्थी भर्ना अभियान सफल भएकाले अब टिकाउ, बिकाउ र सिकाइ अभियान सञ्चालन हुने बताउनुभयो ।

मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोग पुनर्गठन गरिने र शिक्षकका लागि अलग्गै अस्पताल खोलिने जानकारी दिँदै आफूहरु शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधारले प्राविधिक धार र प्रविधिको सहयोग लिएर शिक्षामा सुधार गर्न सकिने छ भन्नुभयो ।

संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको परीक्षा स्थगन गरिनु दुःखद भएकाले चाँडै परीक्षा लिन माग गर्नुभयो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडालगायतलाई सम्मान गरिएको थियो ।

Tuesday, May 29, 2018

खेलकुदलाई २ अर्ब, हरेक प्रदेशमा रंगशाला

१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिका तथा युवाको शारीरिक र मानसिक विकासमा खेलकुदलाई जोड दिइने गरी बजेट कार्यक्रम ल्याइएको बताए ।

सबै प्रदेशमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकास गर्न १८ औँ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत गरेर २ अर्ब ४ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए ।

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

काठमाडौँ, १५ जेठ । एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ ।

आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन (सिम्रिक एयर प्रालि) का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो ।

यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो ।

सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहनुभएको छ ।

त्यसैगरी एकै समयमा सगरमाथा आरोहण चार दाजुभाइमा फुर्वातेञ्जिङ शेर्पा, फुर्वाथिलि, पेम्बादोर्जे र दावादिकी हुनुहुन्छ । ती सबै पुरस्कार र प्रमाणपत्र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री मगरले सगरमाथालगायत हिमाल आरोहण गरी नेपाललाई विश्वमा चिनाउने साहसी आरोहीलाई राज्यले विशेष सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने औंल्याउनुभयो ।

सगरमाथा आरोहीसमेत रहनुभएका मन्त्री मगरले सगरमाथा चढाउने शेर्पाको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिई तिनलाई आवश्यक सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “शेर्पाले आरोहीको जीवन बोकेर पाइलैपिच्छे मृत्युलाई जितेर सगरमाथाको चुचुरोमा पु¥याउँछन् तर पनि ओझेलमा छन्, त्यसैले सगरमाथासहितका हिमाल आरोहणमा महत्वपूर्ण भूमिका खेल्ने शेर्पालाई उच्च सम्मानसहितको व्यवस्थाका लागि सरकारी नीति आवश्यक छ, त्यसका लागि म पहल लिनेछु,”, मन्त्री मगरले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले देशको गौरव, मान र शान सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथाको पहिचानलाई विश्व बजारमा प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित गर्न सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गर्नुभयो । विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने मिङ्मा शेर्पाले हिमाल आरोहणमा योगदान गर्ने शेर्पा आरोही तथा पथप्रदर्शकको जीवनोपयोगी सुविधाका लागि राज्यले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

सगरमाथाको २२ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले जीवनको जोखिम मोलेर स्वदेशी तथा विदेशीलाई सगरमाथाको चुचुरामा पुर्‍याउने शेर्पा आरोही ओझेलमा परेकाले तिनको भूमिकालाई राज्यले कदर गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि बिहान ठमेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो ।

नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पहिलो पटक पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो ।

सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको विसं २०६४ पुस २७ गते निधन भएको थियो । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । हिलारीको निधनपछि सो दिवस मनाउन थालिएको हो । -रासस

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...