Sunday, May 20, 2018

सन्दीपले गरे चमत्कार,हेर्नुहोस यस्तो थियो मुम्बई इन्डियन बिरुद्ध सन्दीपले गरेका २४ बल(भिडियो सहित)

दिल्लीका लागि सन्दीप लामछिाने, अमित मिश्रा र हर्षल पट्टेलले समान तीनतीन विकेट लिए भने ट्रेन्ट बोल्टले एक विकेट लिए । नेपाली युवा क्रिकेटर सन्दीपले पहिलो ओभरमा एक  र १० औँ ओभरमा दुई विकेट लिएका थिए । पहिले ब्याटिङ गर्दै दिल्लीले १७४ रन बनाएपछि ब्याटिङमा आएको मुम्बईविरुद्ध सन्दीपले बलिङको अवसर पाएका थिए ।
अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण आइतबार मुम्बइविरुद्को खेलमा भने उनलाई ओपनिङ बलरकै रुपमा अवसर दिइयो। अघिल्ला दुई खेलको अनुभवले आत्मविश्वास बलियो बनाएका सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमै मुम्बईका ओपनर ब्याट्सम्यान सूर्यकुमार यादव (१२ रन) लाई विजय शंकरद्वारा क्याच आउट गराए। पहिलो ओभरमै विकेट गुमाएपछि ‘प्ले अफ’ चरणमा पुग्न खेल जित्नै पर्ने अप्ठ्रोमा अवस्थामा रहेको मुम्बईले दबाबमा खेल्नु परेको थियो।
त्यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरको पहिलो बलमै क्यारेबियन ब्याट्सम्यान काइरन पोलार्ड (सात रन) लाई ट्रेन्ट बोल्टद्वारा क्याच गराए। सोही ओभरको चौथो बलमा उनले क्रुनाल पाण्डेय (चार रन) लाई टेवाटियाद्वारा क्याच गराएर जारी आईपीएलमा आफ्नो विकेट संख्या पाँच पुर्‍याए। तीन विकेट लिए पनि उक्त खेलमा सन्दीप केही महंगा सावित भए। उनले चार ओभरमा ३६ रन खर्चिए। त्यसैले उनी ‘म्यान अफ दी म्याच’ पुरस्कारमा अमित मिश्रासँग चुक्न पुगे। अमितले चार ओभरमा केवल १९ रन खर्चिएर तीन विकेट लिएका थिए।
हेर्नुहोस यस्तो थियो मुम्बई इन्डियन बिरुद्ध सन्दीपले गरेका २४ बल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...