Sunday, May 20, 2018

झुण्डिएको अबस्थामा सर्जक सन्तोष बानिया मलेशियामा भेटिए ! आत्महत्या कि हत्या पृष्टि हुन बाँकी

नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक सन्तोष बानियाको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।लामो समय देखि गीत संगीतमा लागिरहेका बानिया केहि बर्ष देखि मलेशियामा बस्दै आएका थिए।

कामकै सिलसिलामा मलेसिया पुगेका बानिया १५ घण्टा सम्म सम्पर्कमा नदेखिए पछि कलाकारहरुले खोजि गर्दै जादा उनि झुन्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ।परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ।उनि संगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए।

डोरी लगाएर आफ्नै सुत्ने कोठामा झुन्डिएको अबस्थामा फेला परेको खबर बाहिरिएको हो।उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले लालिगुराश डटकमलाई जानकारी दिएकी हुन।तर उनको परिवार भने मिडियामा अझै सम्पर्क बिहिन छन।सम्पर्क गर्न खोज्दा सबैको मोबाइल अफ छ ।

सन्तोष बानियाका चर्चित गीतहरुमा “आज माया”,सुन चांदीको महल,बिरह लगाएतका गीतहरु पर्छन।केहि दिन अगाडी मात्रै उनको बिरह गीत सांगीतिक बजारमा आएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...