टेक्सास, १२ जेठ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न उचित समय आएको बताएका छन् ।
वर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले विदेशमा रहेका नेपालीले अहिले मातृभूमिमा लागनी गर्न उत्तम समय रहेको उनले बताए । तर अबको दश वर्ष पछाडि देशमा सानो लागनीको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीले बताए ।
टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा बिषेश कुरा गर्दै मन्त्री ज्ञवालीले विदेशमा बसेर नेपालीहरू केही जान्दैन भन्ने अहम पाल्नुभन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन आग्रह गरे ।
सरकारले विदेशमा रहेका नेपालीहरूको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले विदेशमा रहेका सबै नेपालीहरूले आफूलाई देशको दूत सम्झेर काम गर्न सुझाव दिए । आफ्नो पालामा पहिला जस्तो सम्बन्धित देश र क्षेत्रको ज्ञान नभएका व्यक्तिहरू राजदूत बन्न नसक्ने बताउँदै मन्त्री ज्ञवालीले महावाणिज्य दूतावासको स्थापना र अवैतानिक दूतहरूको नियुक्तिका बारेमा आफू खुला रहेको बताए ।
परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरूले पाउने नागरिकता सम्बन्धी कानून, नेपालको भारत र चीनसंगको सम्बन्ध, विदेशमा रहेका नियोगहरूले उपयुक्त तरिकाले काम गर्न नसकेको विषयमा पनि मन्त्री ज्ञवालीले आफू सकारात्मक रहेको बताएका छन् ।
कतिपय नेपालीहरुरू विदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरू केही जान्दैनन् भन्ने जस्तो भाव बोकेर गाली गरेको पनि आफूले सुन्ने गरेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘विदेशमा बसेर नेपाललाई गाली गर्ने होइन । आफ्नो मुलुकमा लगानी गर्नुपर्छ ।’
No comments:
Post a Comment