लमजुङ, ११ जेठ । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकीकरण भएसंगै जिल्लामा खुशियाली छाएको छ । पार्टी एकीकरणको खुशियालीमा विभिन्न कार्यक्रम भएका छन् । शुक्रबार युवा संघ लमजुङले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एंव तत्कालीन एमाले प्रदेश नम्बर ४ का संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले देश र जनताको सुखको दिन आएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘पार्टी एक हुन नसक्दा धेरै नोक्सान भयो, अब एकीकरण पश्चात त्यो नोक्सान पूरा गर्नुपर्छ । सबै तह र तप्काबाट एकजुट भएर समृद्ध नेपालको निमार्ण गर्नुपर्छ ।’
हिजो जे भयो त्यो सबै भुलेर आजको दिनबाट नयाँ पनको सुरुवात गुर्नपर्छ । कोही कसैलाई चिसो पार्ने गरि काम नगरी एकसाथ एकजुट भई अघि बढ्नुको विकल्प नभएको उनले बताए । अधिकारीले सबै एकजुट भई अघि बढेमात्र सम्बृद्धि नेपाल निमार्ण गर्न सहज हुने भन्दै एकजुट भएर अघि बढ्न जिल्ला कार्यकतालाई आग्रह समेत गरेका छन् ।
प्रदेश नम्बर ४ का सांसद धनञ्जय दवाडीले २०१९ सालमा पार्टी विघटन हुँदा जनताले धेरै दुःख पाएको भन्दै पार्टी एकता पश्चात दुःखका दिए गएको दावी गरे । एकीकृत ढंगले समाजको रुपान्तरण गर्नुपर्ने भन्दै सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट पार्टीको प्रमुख उपलव्धी राजतन्त्रको अन्त्य गरि गणतन्त्रात्मक मुलुकको निमार्ण गरेको भन्दै धेरै काम गर्न बाँकी रहेको बताए ।
No comments:
Post a Comment