Wednesday, May 23, 2018

शिक्षामा २० प्रतिशत बजेट माग

काठमाडौँ, ९ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहन्छ भन्नुभयो । उहाँले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार भएकाहरुसँग आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष कृष्ण थापाको नेतृत्वमा गएको प्रमण्डलले केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व न्यूनतम ६० प्रतिशतसम्म प्रतिनिधित्व हुनुपर्ने र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामा आधारित कार्यक्रम ल्याउनुपर्ने माग गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...