Monday, May 28, 2018

चेन्नइलाई आइपीएलको तेस्रो पटक उपाधि, सनराइज पराजित

नयाँ दिल्ली, १४ जेठ । चेन्नई सुपर किङ्सले ११ औं इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि जितेको छ । आईतबार राति भएको फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो ।

चेन्नईले तेस्रो पटक आइपीएलको उपाधि जितेको हो । चेन्नईको जितमा ओपनर सेन वाट्सनले सतक बनाए । हैदराबादले प्रस्तुत गरेको एक सय ७९ रनको लक्ष्य चेन्नईले १८ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । वाट्सनले अविजित ११७ रन बनाए । सुरेश रैनाले ३२ रन बनाए ।

वाट्सन र रैनाबीच दोस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी भएको थियो । वाट्सनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गरे ।

टस हारेपछि पहिले ब्याटिङ गर्ने जिम्मा पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । केन विलियमसनले ४७, युसुफ पठानले ४५ र शिखर धवनले २६ रन बनाए ।

चेन्नईले सन् २०११ यता पहिलो पटक उपाधि जितेको हो । यसबीचमा तीन पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको थिएन । पछिल्ला दुई वर्ष चेन्नई आईपिएलमा सहभागी हुन पाएको थिएन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...