Saturday, May 19, 2018

दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, जेठ ४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको नीति र उद्देश्यप्रति गम्भीर भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका पदाधिकारीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै उनले पदोन्नतिसँगै पदीय जिम्मेवारी थपिएकाले सोहीअनुरुप उत्कृष्ट काम गर्न निर्देशन दिएका हुन् ।

उनले कार्यरत् स्थानमा कर्मचारीको मनोबल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

महानिरीक्षक खनालले कानुनीरुपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिप्रति कठोर भइ निर्भिकताका साथ काम गर्नुपर्ने बताए ।

सो कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुने १६ र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुने २१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...