Sunday, May 20, 2018

अन्तर्वार्तामै गुलाफ दिएर दर्पणले सम्झनालाई गरे यस्तो खतरा बिहेको प्रपोज [हेर्नुहोस् भिडियो]

पिएनपिखबर, भक्तपुर। ‘रील’मा मात्र नभएर ‘रियल’ लाईफ पनि एकदमै मिल्ने साथी हुन् गीतकार तथा मोडल दर्पण राई र गायिका तथा मोडल सम्झना राई । अहिले उनीहरुको जोडीले खुब चर्चा परिचर्चा पाइरहेको छ। यति मात्रै होइन उनीहरुको जोडीलाई विषयवस्तु बनाएर सामाजिक संजाल र युट्युब च्यानलहरुमा उनीहरुको मायाप्रेम र सम्बन्धका कुराहरु निकै भाइरल पनि भइरहेका छन्। हुन त हरेक ठाउँ होस् या भिडियो सुटिङ् दुवै एकैसाथ देखिने गर्दछन्। आफ्नो अधिकतम समय एकअर्कासँग बित्ने गर्छ यी दुई राईको। आफ्नो अफिसियल कामका लागि बढी भेट्दा भेट्दा पनि उनीहरु एकदम नजिक भैसकेका छन्। अहिले त हरेक अन्तर्वार्तामा पनि यी दुई राईको नै बढी माग रहेको पाइन्छ। त्यसैले पनि होला आम दर्शकले यी दुई राईको जोडी रिलमा नै भए नि निकै सुहाउदो छ भनेर प्रतिक्रिया दिने गर्दछन्। दर्पण राई ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतबाट निकै प्रख्यात भएका गीतकार हुन्। उनी ओझेलमा परेका एक प्रतिभाशाली कलाकार हुन्। सबैको दिन आउँछ भने झैँ उनको दिन पनि ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतमार्फत नै फेरियो। उनको भाग्य चम्किएको नै सायद यहि गीत मार्फत नै होला। थुप्रै भर्सनमा उनले उक्त गीत निकालेका छन् र अझै पनि निकाल्ने सोचमा छन्।

मेल भर्सन, फिमेल भर्सन, किड् भर्सन र फिल भर्सनमा यो गीत आइसकेको छ । पहिलोपटक झन्डै पाँच महिनाअघि राजेश पायल राईले स्वर दिएको यस गीतमा मेलिना राईले फिमेल भर्सनमा स्वर दिइन् । त्यसपछि जिग्मे छ्योकी घिसिङले किड् भर्सनमा गाइन् । अहिले यही गीतका संगीतकार टंक बुढाथोकीले फिल भर्सन गाएका छन् । करोडौ भ्युज पाउन सफल यो गीत दर्शकले निकै रुचाए। यसकै सुखद उपलक्षमा दर्पण अब छिट्टै नै सेलिब्रेसन पनि गर्दैछन्। यसबाहेक दर्पण राईले भ्यालेन्टाईम विशेष गीतमा गीतकार र मोडलको रुपमा पनि काम गरिसकेका छन्। उनले थुप्रै गीतहरु लेखिसकेका छन्। भर्खरै मात्र ‘मायामा जाल्झेल भो’ बोलको गीतले पन चर्चा बटुल्न अफल भएको छ। उनी कलाकारिता क्षेत्रमा मात्र जमेका छैनन् व्यवसायीमा पनि उत्तिकै सहभागी छन्। उनको आफ्नो थुप्रै व्यवसायहरु छन् जुन मेडिया समक्ष कमै प्रचारप्रसार भएको पाइन्छ।

उनी आफ्नो व्यवसायलाई मेडियामा त्यति खुलेर पनि बताउन चाहदैनन्। उनी म्यानपावर कम्पनीका मालिक हुन् साथै उनको क्यापिटल पेन्टिङ् ग्रुप नामक पेन्टिङ् कम्पनि र सेवा बचत तथा ऋण सहकारी संथा नामक सहकारी पनि रहेको छ। व्यसायिक हिसाबले हेर्ने हो भने पनि उनी सफल नै छन्। उनको यो अथाहा मेहेनतलको कारणले गर्दा नै आज उनी आम दर्शक माझ चिनिएका छन्। सम्झना राई पनि मेडिया क्षेत्रमा चिरपरिचित नै नाम हो। उनी कहिले कार्यक्रम संचालन गर्दै हुन्छिन् त कहिले मोडलिङ् गर्दै। कहिले गीत गाउँदै हुन्छिन् त कहिले नाच्दै। कहिले अन्तर्वार्ता दिँदै हुन्छिन् त कहिले अन्तर्वार्ता लिँदै। यहिँ सेरोफेरोमा घुमिरहेको छ उनको जीवन। मेडियामा आफ्नो जीवन यात्रा संचालिकाबाट शुरु गरेकी उनले अहिले निकै सफलता हासिल गरिसकेकी छिन्। प्राय उनी दर्पण राईको गीतमा आफ्नो स्वर दिने गर्छिन्। उनी गीत मात्र गाउदिनन् उक्त गीतमा मोडलिङ् पनि आफै गर्छिन्। एकै मान्छेबाट दुई ओटा फाइदा हुने भएर पन होला दर्पणका गीतमा सम्झना छाँया बनेकी छिन्। दर्पण सँगै हातेमालो गर्दै अगाडी बढेकी उनले धुम ३ को गित पनि गाएकी छिन्। सुमधुर स्वर, अभिनयमा पनि उत्तिकै अब्बल, कार्यक्रम संचालन सैली साच्चै उनमा प्रतिभाको खानी नै छ भन्दा नि खासै फरक नपर्ला। दर्पण राई र सम्झना राईको मित्रता देखेर सबैले डाहा गर्छन् होला सायद।

त्यसैले पनि उनीहरुको सम्बन्धलाई लिएर निकै गसिप्स भइरहेका छन् अचेल। उनीहरु आफ्नो सम्बन्ध प्रस्टाउन पर्दा चाँही अहिले सम्म साथीकै रुपमा एकअर्कालाई सम्बोधन गर्ने र गरिरहेको साथै भविष्यमा जे पनि हुन सक्छ भनेर भन्छन्। उनीहरु पहिलो पटक एउटा कार्यक्रममा भेटेका थिए। दर्पणले सम्झनालाई भेट्दा उनी कार्यक्रम संचालन गरिरहेकी थिइन् र सोहि कार्यक्रममा दर्पण पाहुनाको रुपमा उपस्थित भएका थिए। एकअर्कासँग कुराकानी भयो र उनीहरु एउटै क्षेत्रमा भएर नि कसरी नचिनेको भनेर क्षक्क परे। सम्झना र दर्पण फेसबुकमा पहिला न साथी भइसकेका रहेछन् तर बोलचाल भने नभएको रहेछ। यो कुरा थाहा पाए पछि त उनीहरु झन् चैत नै भए। यसरी उनीहरुको मित्रता झाँगिदै गयो। अहिले दर्पण र सम्झना मिलेर एमएमस इन्टरटेनमेन्ट नामक युट्युब च्यानल पनि संचालन गरिरहेका छन्। दुवैको सहकार्यमा उनीहरु बेलामौकामा म्युजिक भिडियोमा पनि सँगै देखिन्छन्। हेर्नुहोस् दर्पण राई र सम्झना राईसँग गरिएको रमाइलो कुराकानी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...