Sunday, May 27, 2018

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ, १३ जेठ । गएको आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ ।

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा मण्डीखाटार टेनिस कोर्टमा भएको प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुषगरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएका थिए ।

शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आइएमई फाउन्डेसनले देखाएको सदासयताका लागि धन्यवाद व्यक्त गरे ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए ।

साताव्यापी प्रतियोगितामा चौध वर्ष मुनिका विभिन्न उमेर समूहबाट कुल चालिस (४०) जना विजेता र उपविजेता छनोट भएका छन् । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शुल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् ।

आइएमई फाउन्डेसन २०६६ सालमा दर्ता भएको परोपकारी संस्था हो । आइएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...