Tuesday, May 22, 2018

सुन डन गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो

काठमाडौं, ८ जेठ । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

मंगलबार बिहान पक्राउ गरिएको बताएको गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा केहीबेर अघि उपस्थित गराएको हो । टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ ।

३८ क्विन्टल सुन तस्करी, सनम शाक्य हत्याका विषयमा गोरेको बयान अदालतले लिने छ । उनलाई मोरङ प्रहरीको हिरासतमा राखिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...