
वाशिंगटन डिसीमा २००७ मा स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ(नेजा) अहिले बैचारिक पलायनताको कारण अमेरिकाका केही गए गुज्रेका संस्थाहरुको दर्जामा पुगेको महसुस भएको छ । संस्था भित्रको अस्वस्थ गडबड, अमेरिकी नेपाली पत्रकारिताको महत्व नै नबुझेकाहरुको बोलवाला रचरम गुटबन
दीको शिकार बनेको नेजालाई मैले भेजा नभएकाहरुले बहुमतकोआडमा चलाएको नेजा भन्दै आएकोछु । संस्थालाई बदनामी गराएर दुईजनाको अगाडि नाम लिन पनि लाज लाग्ने बनाएकाहरुलाई नै भेजाको संज्ञा दिएको थिएं। यो कुरा अहिले उनीहरुका काम र परिणामले पनि बताईसकेको छ । तर, त्यस भित्र केहि राम्रा र गरौ भन्ने भावनाका साथीहरू पनि छन, तिनलाई बहुमतको आडमा पेलेर संस्था कव्जा गर्ने अभियान नै चलेकोछ। बरिष्ठ पत्रकार योगेश उपाध्याय लगायतका संस्थाका धेरै जसो संस्थापक सदस्यहरु र नेपालमा राम्रै पत्रकारिता गरेर आएकाहरुले नेजाको सदस्यता लिएर बदनाम हुन नचाहने चाहना देखाएका छन ।
विशेषत: योगेश उपाध्यायकै संयोजकत्वमा मेरिल्याण्डमा हुने भनेर एक पटक निर्णय गरिएको साधारण सभालाई जवरजस्ती कोही पत्रकार पनि नबस्ने सियाटलमा पुर्याइएपछि सदस्यको नविकरण वा नयॉ सदस्य बन्नेहरुको रूचि घटेको छ ।
नेपालको पत्रकार महासङको झोला बोक्न आतुर भएको एक समूह जो बहुमतको आडमा गोटी चाल्दै नेजालाई
आफ्नो कब्जामा राख्न चाहान्छ भनेअर्को समूह छ जो ‘ भेजा निती ‘ लाई परास्त गर्दै प्रवासको नेपाली पत्रकारीतालाई अन्तरराष्टियकरण गर्दै मूलधारको पत्रकारीतामा समाहितगर्ने र ब्यवसायिक पत्रकारीताको बिउ रोप्न आतुर छ । यीनै बैचारिक मतभेदका बिच यती बेला नेजा टुक्रने अवस्थामा अग्रसर छ ।आधिकारीकरुपमा टुक्रेको छैन तर त्यस भित्रकाहरुमा आपसी मन भने टुक्रेको छ ।
चुनावको बेला १५० सम्म पुगेका सदस्यहरुमा यसपटक म्याद सकिंनै लाग्दा ठूलो प्रतिसतका सदस्यहरूले पनि नवीकरण नगरे पछि भने नेजालाई आफ्नो कब्जामा लिन आतुर भएकाहरु हतास भएका छन र यती बेला त्यस समूह भित्र खैलाबैलाशुरू भएको छ। अर्को तिर बारम्बारको दबावले सदस्य बनि हाले पनि सियाटल तिर हुन लागेको म्याच प्रिफिक्स गेम हेर्न डिसि, टेक्सास र न्युयोर्क क्षेत्रका बहु संख्यक पत्रकारहरु त्यता नजाने मुडमा देखिन्छन ।
आफुले नेपाली पत्रकारहरूलाई अमेरिकी मूलधारको पत्रकारितामा समाहित गर्दै पेशागत पत्रकारिताका लागी पहल गर्ने क्रममा नेजाका अध्यक्ष भोला आचार्य लगायत केहि सदस्यहरू वाहेक अन्यको सहयोग र सदभाव नरहेको र पत्रकारहरूको हितमा कार्यक्रमहरू संचालन गर्ने प्रस्तावहरूलाई वहुमतको आडमा असहयोग गरेकाले नेजाको उपाध्यक्षको पदवाट राजिनामा दिएको पत्रकार गुणराज लुईटेल वताउछन। यसै क्रममा पूर्व उपाध्यक्ष गुणराज लुइटेलको मार्मिकअन्तरवार्ता सहित राजीनामा बाहिर आएपछि नेजा भित्रको विवाद झनै चुलिएको छ।
अमेरिकामा दर्ता भएको नेजालाई नेपालको महासंघको शाखामा पुर्याएर नेपालमा भन्दा पनि तल्लो स्तरको राजनीति गर्न थालेका नेजाका भेजाबाटअव यो संस्थाको पतन बाहेक केही आशा गर्न नसकिने भन्दै कतिपय पत्रकारले त समाजमा पत्रकार भन्न पनि लाज लागेको बताए । सदस्यतानविकरण गर्नु पर्यो भनेर दवाव गर्नेहरुलाई विषेशत: क्यालिफोर्नियामा ६महिना अघि नेजा क्याप्चर गर्ने भन्दै एक अनलाईन पत्रिकाको पक्षपोषण र स्वार्थमा महाधिवेशन सियाटल तिर पुर्याए पछि त्यसको कारण किन त भनेर सवै पत्रकारले सोध्ने गरेका छन ।स्वयं संस्थापक गिरिश पोखरेलले पनि गुटबन्दीको दर्शक बनेर आजित भएपछि फेसबुकमा तीतो स्टाटस लेख्दै संस्था चाहि बचाउ भनेर हार गुहार गरेका छन् भने क्यालिफोर्नियातिरकाहरुले सियाटल आएमा जांगा खुस्काईदिने धम्की कमेण्टमा दिएकाछन । त्यस्तै टेक्सासका पत्रकारहरू समेत नेजाका भेजाहरूवाट आजित भएर सियाटलमा सहभागी नहुने संकेत गरेका छन।
यी त भए अहिले यता उदांगो बनेका लाजमर्दा कुराहरु । यी धेरै कुराको संकेत त मैले यस अघिको लेखमा पनि दिएकै हो । वास्तवमा यस लेखमा मैले उठाउन खोजेका कुरा हुन नीति, भिजन र लक्ष्यका कुराहरु । नेजाले केही वर्षदेखि यी सवै कुरालाई छोडि सकेकोछ । स्थापनाका उद्देश्य बारेमा अहिलेकाहरुलाई सोध्ने हो भने भन्नेछन नेपालको राजनीति गर्ने, नेपालकै संचार संस्थाको शाखा बन्ने अनि आफ्नै समुहका दुई चार जनासंग जम्मा हुने दारुपानी खाने, मन नपर्ने सवैलाई गाली बेइज्जत गर्ने आदि । एक्काईसौं सताब्दीको पत्रकारिता कहॉ पुगिसक्यो, सारा विदेशी देशका पत्रकारहरु अमेरिकाको कहॉ कहॉ पुगि सके, टेक्नोलोजीको बिकास कहॉ पुगिसक्यो त्यतातिर कसैको कुनै हेक्का भएको पाइदैन ।
अमेरिकी पत्रकारितालाई अन्तरराष्ट्रियकरण गर्दै अमेरिकी मूलप्रवाहमा लैजानु पर्छ भन्दै यसको नेतृत्व गर्दै अन्तरराष्ट्रिय संस्थाहरुसंग सहकार्य शुरुगरेका योगेश उपाध्यायहरुको बहिर्गमन भएपछि नीति कार्यक्रम सहित प्रवासी नेपाली पत्रकारिताले फड्को मार्नु पर्छ भन्ने विज्ञ पत्रकारहरुले वौद्दिक विकल्पको खोजी गरिरहेको संकेत पनि मिलेको छ । नेजा भन्दा भिन्न सोचभएका र नेपाली र अमेरिकी पत्रकारिता बुझेकाहरुलाई सशक्त अभियान चलाउन र अगाडि बढ्न नेपालस्थित पत्रकारहरु एवं रिसर्च ओरिएन्टेट संचारसंस्थाहरुले सुझाव दिइरहेको पनि बुझिन्छ ।
अर्कोतिर अमेरिका र संसारमा नेपाललाई चिनाउनु पर्ने र यहॉको स्रोत साधन उता पुर्याएर नेपालको विकासमा सहयेग पुर्याउनु पर्ने चुनौतिलाई संचारको माध्यमबाट निराकरण गर्न कुनै कसैको भिजनले देखेको जस्तो लाग्दैन ।यहॉको पत्रकारिता र संचारको क्षेत्रमा पनि भिजनका कुरा अगाडि आउनुपर्यो। नभए भिजन विनाको बिजनले सधै यहॉका नेजा जस्ता संस्थामा भेजाहरुको मात्रै रजाई हुने छ ।
संस्था भन्दा व्यक्ति हावी भएकै कारण नेजा प्रति वढदो अलोकप्रियतालाई स्विकार्न सक्नु पर्दछ। १२ बर्ष पुग्यो संस्था झनै ओरालो लाग्दो छ।पत्रकारहरूको हितका लागी चिन्तन मनन र काय्रेक्रमहरू शुन्य सरह नै छन।चुनावताका सदस्यहरू थपिन्छन, यस्ता चिन्तनहरू हुन्छन तर त्यस पश्चात सवै तितर वितर हुन्छन। अर्को दुई वर्षमा पुन पुरानै अवस्थामा फर्कन्छ नेजा। नेजा भित्र कुनै अनुशासनले काम गर्दैन, निर्लज्जरूपमा गुटवन्दि गरी प्यानल वनाईन्छ र रअन्तमा म्याच फ़िक्सिंगको घिनलाग्दो खेल खेलिन्छ। यसका लागी साक्षीवस्न,ताली पटकाउन र पट्यारलाग्दो अनुशासनहीनहरूको चर्तिकला हेर्न कै लागी सदस्यता नविकरण गरी तमासे बन्न
कुनै पनि सच्चा पत्रकारकोनैतिकताले दिदैन। अव भन्नुस यस अबस्थामा मेरो सदस्यता नविकरण किन र के का लागी गरौ ? म दोधारमा छु।
No comments:
Post a Comment