Monday, May 28, 2018

भाट समाज कास्कीको अध्यक्षमा पुन: रमेश

जेठ १३, पोखरा – रानाभाट भाट समाज कास्की जिल्ला समितिको पाँचौ अधिबेशन शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रमेश बहादुर रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीधर रानाभाट, उपाध्यक्षमा क्या. हाेम बहादुर रानाभाट र कृष्ण बहादुर रानाभाट, सचिवमा रुद्र रानाभाट, सहसचिवमा सुर्य बहादुर रानाभाट, कोषाध्यक्षमा कुल बहादुर रानाभाट, सह काेषाध्यक्ष तेजबहादुर रानाभाट लाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरूमा राम बहादुर रानाभाट, सुर्य बहादुर रानाभाट, कुमारी राईभाट, शान्ति रानाभाट, विष्णु रानाभाट, श्री बहादुर रानाभाट, जीवन रानाभाट, भिम बहादुर रानाभाट र बल बहादुर रानाभाट चयन भएका छन् ।

अधिबेशनको समाजका केन्द्रिय अध्यक्ष बाबुराम रानाभाटले उद्घाटन गर्दै भाटहरुको ईतिहास खोजी अन्तिम चरणमा पुगेको वताएका छन् । नयाँ संविधानमा भाट जाती लाई सुचिकृत नगरेकोमा खेद प्रकट गर्दै आगामी दिनमा त्यो कार्यलाई अगाडी बढाउने समेत वताएका छन् ।

कार्यक्रममा फिस्टेल ऐकेडेमिको तर्फबाट भाट वन्धुका छोराछोरी हरु लाई शिक्षा क्षेत्र सहयोग गर्ने उद्देश्यले रु ५५ हजारको फिष्टेल एकेडेमी अक्षयकोष स्थापना गरिएको जानकारी केन्द्रिय सल्लाहकार चिनु रानाभाटले वताए ।

सो अबसरमा केन्द्रिय सचीव शंकर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाट, केन्द्रिय सल्लाहकार चिनु रानाभाट, भबन निर्माण तथा अर्थ संकलन समितिका अध्यक्ष ठाकुर प्रसाद रानाभाट, पबित्र बचत तथा ऋण सहकारी अध्यक्ष शिव बहादुर रानाभाट, भवन निर्माणको लागि जग्गादाता ओमबहादुर बन्जरा भाट, इकाईहरुको तर्फबाट लेखनाथ २६ इकाईका अध्यक्ष नरेश बन्जरा भाट लगाएतले बोलेका थिए ।

पोखरा लेखनाथ २६ मा निर्माणाधिन भवनका लागी नयाँ सदस्य राम व रानाभाटले १० हजार सहयोग अर्थ संकलन समिति लाई हस्तान्तरण गरेका थिए ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा जग्गा दाता तथा बिभिन्न सहयोग दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...