Sunday, May 27, 2018

भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिनेछः प्रम

काठमाडौँ, जेठ १३ गते । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ ।

यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आजको राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताउनुभयो ।

उहाँले समृद्ध नेपाली, सुखी नेपालीका लागि सर्वत्र विकास आवश्यक छ भन्दै कृषि, उद्योग, व्यापार, उद्योग, पर्यटन, रोजगारी, पूर्वाधारका क्षेत्रमा विकास गर्नका लागि नीति तथा कार्यक्रमले आधार तयार गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्झौता भएका तर कार्यान्वयनमा नआएका विषयलाई अब कार्यान्वयनमा लगिने बताउनुभयो । प्रधानमन्त्रीले निर्यातमूलक उत्पादनमा प्राथमिकता दिइने बताउँदै आर्थिक उन्नतिका लागि पूर्वाधारको महत्व हुने भएकाले त्यसलाई सरकारले विशेष जोड दिएको बताउनुभयो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...