Sunday, May 20, 2018

अमेरिकन एम्वेसीबाट ‘मह’ जोडीले किन लिए करोडौँ रकम ? उठ्यो गम्भीर प्रश्न

काठमाडौं, ६ जेठ । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न बहानामा अमेरिकन एम्वेसीबाट करोडौँ रुपियाँ आर्थिक सहयोग लिएको खुलासा भएको छ ।

स्रोतका अनुसार श्रेष्ठ र आचार्यको ‘मह’ सञ्चार नामक संस्थाले अमेरिकन एम्वेसीबाट सात पटकमा पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएको खुलेको हो । यो रकम नेपाली मुद्रामा झण्ड साढे ५ करोड हुन आउँछ ।

हास्यकलाकारद्वय श्रेष्ठ र आचार्यले नेपाली जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा यति ठूलो रकम लिएको रहस्य बाहिरिएको छ ।

‘मह’ जोडीले अमेरिक एम्वेसीबाट यति धेरै रकम लिएको रहस्य बाहिरिएपछि शुभेच्छुकहरूले विभिन्न खालका टिकाटिप्पणी गर्न थालेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...