Tuesday, May 22, 2018

बजाजको नयाँ एभेन्जर वाईक बजारमा

रत्ननगर जेष्ठ ७ गते । बजाजको आधिकारीक विक्रेता निशास मोटर्सले आजबाट बजाजको नयाँ एभेन्जर बाईकको विक्री सुरु गरेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.को ले उत्पादन गरेको बजाजको एभेन्जर १८० स्ट्रिट वजारमा ल्याएको हो । रत्ननगरका लागि बजाजको आधिकारीक विक्रेता रत्ननगर १० बकुलहर स्थित निशाश मोटर्सले आज एक कार्यक्रमको आयोजना गरी एक सय ८० सीसीको एभेन्जर मोटरसाईकल सार्वजनिक गरेर विक्री सुरु गरेको हो । रत्ननगर वडा नं.१० का वडा अध्यक्ष केशव आचार्यले नयाँ एभेन्जर मोटरसाईकको सार्वजनिक गरेका हुन ।

निशाश मोटर्सका संचालक सञ्जिव थापाका अनुसार १५.५ पि एस पावर र उत्कृष्ठ माईलेज,डिजिटल मिटर,डि आर एल,नाईट्रोक्स सन्स्पेन्सन,एयर कुल्ड विथ आयल कुल्ड,वाईड ट्युलेस टायर नयाँ मोडेलको एभेन्जर मोटरसाईकलको विषेशता हो । सो मोटरसाईकलको मुल्य २ लाख ७१ हजार ९ सय रुपैया रहेको थापाले वताए । यो मुल्य सिमित अवधिका लागि हो । निशाश मोटर्सले विगत ३ बर्ष देखि पल्सर,डिसकवर,प्लाटिना,एभेन्जर,भी १५ मोटर साईकलका विभिन्न मोडल विक्री गर्दै आएको छ । साथै मोटर साईकलन सर्भिसिङ र पार्टसहरु समेत विक्री गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...