Friday, May 25, 2018

मुस्ताङबाट ४० करोड रुपैयाँ बराबरको स्याउ निर्यात

मुस्ताङ, जेठ ११ । मुस्ताङबाट चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको जनाएको हो ।

मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती गरिएको छ । जसमध्ये ४१५ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिन थालेको छ ।

यस वर्ष मुस्ताङबाट ५३ सय मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष ४८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

स्याउका लागि राम्रो हावापानी भएको मुस्ताङमा १३ प्रजातिका स्याउको खेती हुने गरेको छ । यहाँ उत्पादित स्याउ विदेशमा समेत निर्यात हुने गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...