Monday, May 28, 2018

युएनए तेश्रो सम्मेलन विभिन्न गतिबिधि र नया नेतृत्व सहित सम्पन्न

कृष्ण केसी/विजय थापा ,गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा मे २६-२७ २०१८ टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसीएसन (युएनए ) को तेश्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुइ बर्षका लागि नयाँ नेतृत्व चयन सहित सम्पन्न भएको छ।

युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर, इमिग्रेशन, महिला बिकास, इण्टरप्रेनर जस्ता बिषयमा प्रस्तुति र छलफल र गीत संगीतले भरपूर मनोरंजन समेत भएका थिए। बिजयी खेलाडीहरुलाई पुरस्कार, प्रमाण पत्र र शिल्ड सहित प्रदान गरेर कार्यक्रम समापन भएको थियो।

कार्यक्रमको अन्तिम दिन प्रमुख अतिथि डा शेष घलेले आफ्नो पारिवारिक जीवन र ब्यबसायको सफलताको प्रेरक कुरा बताई रहंदा सबैको ध्यान केन्द्रित भएको थियो। बिशेष गरि उहाँले इजी र क्विकमनी होइन सानो ब्यबसायबाट सुरु गर्दै सिक्दै, बढाउँदै इमान्दारसाथ गयो भने अवश्य सफलता पाइने कुरा बताउनुभयो।

त्यसैगरी डा घलेले ब्यबसायको दृढ इच्छा, स्पस्ट योजना र मन भयो भने लगानीका थुप्रै अवसर हुन्छन भन्नुभयो। नेपालको लागानी भनेको एक किसिमको भावनाको लागानी हो, पहिला आफ्नो ठाउँमा सफलता लिनुहोस्, खुट्टा दरो गरि टेक्नुहोस अनि नेपालमा लगानीको लागि अवश्य सजिलो हुन्छ भन्नुभयो।

कार्यक्रमको समापन गर्दै युएनएका अध्यक्ष पासाङ्ग लामाले संस्थाको उद्देश्य भनेको युवाहरुलाई प्रेरणा दिनु, अमेरिकी मेन स्ट्रिममा लाइजन सहयोग गर्नु हो भन्नुभयो। त्यसैगरी उहाँले आगामी दुइ बर्षका लागि बि एन पन्तको अध्यक्षतामा बनेको नयाँ नेतृत्वको घोषणा समेत गर्नुभयो।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...