काठमाडौँ, जेठ १४ गते । तत्कालिन नेकपा (माओवादी केन्द्र)का असन्तुष्ट नेताहरूले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष औपचारिकरूपमा फरकमत राखेका छन् ।
तत्कालिन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूको गत वैशाख ९ गते पेरिसडाँडामा बसेको बैठकले नेकपा (एमाले)सँग गरेको एकीकरणको विषयमा असन्तुष्टि जनाउँदै ८७ जना पोलिटब्युरोको हस्ताक्षरसहित सो मत दर्ता गराएका हुन् ।
एकीकरणका लागि तत्कालिन माओवादी केन्द्रले समायोजन गरेको दुइ सय केन्द्रीय सदस्यमा नपरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । तत्कालिन पोलिटब्युरो सदस्य उमेश यादवले असन्तुष्ट समूहले जेठ १० गते अध्यक्ष प्रचण्ड र सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ एवं रामबहादुर थापा ‘बादल’लाई भेटेर सो मत दर्ता गराएको बताउनुभयो ।
दुई पार्टी बीचको एकता प्रक्रियामा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय समितिका सदस्य छनौट गर्दा विधि र प्रक्रिया नमिलेको भन्दै त्यसबारेमा असहमति जनाइएको छ । महिला, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति, मजदुर, शहीद तथा वेपत्ता परिवार एवं घाइते तथा अपाङ्ग योद्धाहरूको समुचित प्रतिनिधित्व नगराइएको, जिल्लागत सन्तुलन नमिलाएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने नेताहरूलाई सहभागी नगराएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
असन्तुष्ट पक्षले अब गठन हुने जनवर्गीय संगठन, मोर्चाहरू पार्टीका केन्द्रीय निकाय तथा विभाग, प्रदेश र स्थानीय पार्टी समितिमा विधि एवं प्रक्रिया मिलाएर निर्माण गर्न आग्रह गरेको छ । फरकमत दर्ता गराउनेहरूमा मुकसामहाङ मेन्याङवो, झलक दर्लामी, श्रीप्रसाद जवेगुँ, हर्क नेम्वाङ, बालकृष्ण ढुगेंल, धु्रव बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, बाबुराम गौतम, विशाल कार्की, डम्बर सुवेदी, मोहन खड्का, लगायत हुनुहुन्छ ।
ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष प्रचण्डले छुटाउनै नहुने केही नेताहरू छुटेको आफूलाई पनि लागेको र उहाँहरूलाई कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको बताउनुभयो ।
Monday, May 28, 2018
केन्द्रीय सदस्य बन्न नपाउँदा असन्तुष्टि
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment