Tuesday, May 22, 2018

अमेरिका बोइजको ‘मेरो ध्याननै तिमीमा’ गीत सार्वजनिक

अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत Jayan J. Waiba

तथा स्वर Jayan J. Waiba, Roshan Thapa, Suraj Shahi Thakuriको रहेको छ भने गीतलाई Kiran Tuladharले एरेन्ज गरेका हुन् । प्रवेश पौडेल निर्देशित यस फिल्माम अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । जेठ १८ देखि प्रदर्शनमा आउने छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...