Wednesday, May 23, 2018

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताउनुभएको छ ।

विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम त्यही दिशातर्फ उन्मुख भएको जनाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “हामीले साझा घोषणापत्रका साथ निर्वाचनमा भाग लिएर बहुमत हासिल गरेका छौँ र जनताको शान्ति, समृद्धि र स्थिरताको चाहना पूरा गर्न पार्टी एकताको महत्वपूर्ण कार्यभार पूरा गरेका छौँ, यो विश्वका अन्य मुलुकका लागि पनि सकारात्मक सन्देश हो ।”

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विश्वका अन्य र छिमेकी मुलुकसँगको सम्बन्ध विकास गरी समृद्धिको यात्रा पूरा गरिने बताउनुभयो । युवा संघ नेपालको संयोजन र महासंघका अध्यक्ष निकोलस पापाडिमिट्रयुको अध्यक्षतामा जारी सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...