लण्डन, ६ जेठ । म्यानचेस्टर युनाइटेड यो सिजन उपाधि बिहीन बनेको छ । इंग्लिस प्रिमियर लिगमा दोस्रो भएको तथा च्याम्पियन्स लिगबाट बाहिरिएको जोसे मोरिन्होको टिमलाई उपाधिको आशा एफए कपमा थियो ।
शनिबार राति वेम्बलीमा भएको एफए कपको फाइनलमा चेल्सीसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड सिजनमा उपाधि विहीन भएको हो ।
गएको सिजन प्रिमियर लिगको उपाधि जितेको चेल्सी यो सिजन प्रिमियर लिगमा खराब अवस्थामा रह्यो । तर उसले एफए कपको उपाधि उचालेर सिजन पूरै खाली हात हुनबाट भने जोगियो ।
चेल्सीको जितमा २२ औँ मिनेटमा इडन हजार्डले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । म्यानचेसटर युनाइटेडका एलेक्स सान्चेजले गोल गरेका थिए । तर अफसाइड भएका कारण रेफ्रीले मान्यता दिएनन् ।
पउल पोग्बाले गोल गर्ने मौका गुमाए । यो खेल चेल्सीको प्रशिक्षकको रुपमा एन्टोनिओ कोन्टेको अन्तिम खेल हुने सम्भावना छ ।
No comments:
Post a Comment