
सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ ।
यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३-३ विकेट लिएका थिए ।
दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
No comments:
Post a Comment