काठमाडौं, १५ जेठ: सभामुख कृष्णबहादुर महराले पत्रकारिताको अबको लक्ष्य देश र जनता हुनुपर्ने बताउनुभएको छ ।
बुद्धभूमि मिडिया प्रालिले शुरु गरेको रिपोर्ट नेपाल डट कमको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “साँचो अर्थमा पत्रकारिता गर्ने हो भने देश र जनतालाई नबिर्सिनुस्, त्यसमा देशको मिसन पूरा हुन्छ ।”
अहिले अनलाइन मिडियाको मुख्य चुनौती विश्वसनीयता स्थापित गर्नु रहेको भन्दै सभामुख महराले मिडियाको विश्वसनीयता कति सत्य, तथ्य र निष्पक्ष हुन्छ, त्यसले नै निर्धारण गर्ने बताउनुभयो ।
आफूले १० वर्षअघि सञ्चारमन्त्री हुँदा पत्रकारिता क्षेत्रसँग नजिक रहेर काम गरेको स्मरण गर्दै उहाँले पछिल्लो समय मिडियाको संख्या निकै बढेकाले आफ्नो छुट्टै पहिचान बनाउन रिपोर्ट नेपाललाई आग्रह गर्नुभयो ।
विगतमा राष्ट्रियताबिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको राष्ट्रियता रहेको चर्चा गर्दै सभामुख महराले अहिले लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियता र लोकतन्त्र सँगसँगै रहेको बताउनुभयो ।
Tuesday, May 29, 2018
पत्रकारिताको अबको लक्ष्य मिसन देश र जनता : सभामुख महरा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment