Wednesday, June 6, 2018

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

गएराति भएको खेलमा ईटालीका मार्को चेकिनातोसँग पराजित हुँदै जोकोभिच फ्रेन्च ओपनबाटै बाहिरिएका हुन् ।

विश्व वरियतामा ७२ औं स्थानमा रहेको ईटालीयन खेलाडी चेकिनातोले जोकोभिच विरुद्धको खेल ६-३, ७-६, १-६ र ७-६ ले जिते ।

जितसँगै चेकिनातोले अष्ट्रियाका डोमिनिक थियाम विरुद्धको सेमिफाइनल भिडन्त तय गरेका छन् ।

यसको अर्थ फ्रेन्च ओपन टेनिसमा यसपटक कम्तिमा एक जना खेलाडीले पहिलो पटक फाइनल खेल्ने पक्का भएको छ ।

जर्मनीका अलेक्जेण्डर भेरेभलाई सोझो सेटमा हराउँदै थियाम सेमिफाइनलमा पुगेका हुन् ।

फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरीकाकी स्लोआनी स्टेफेन्स र म्याडिसन किज सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलमा रुसकी डारीया कासात्किनालाई ६-३ र ६-१ ले हराउँदै स्टेफेन्स तथा काजखस्तानकी युलिया पुटिनसेवालाई ७-६ र ६-४ ले हराउँदै किज सेमिफाइनलमा पुगेका हुन् ।

सुनसरीमा जंगली हात्तीको आतंक

इनरुवा, जेठ २३ । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ ।

केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पुर्‍याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए ।

रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ । जंगली हात्तीले सर्वसाधारण नागरिकको घर भत्काइदिएको छ भने बालीसमेत खाई कुल्ची नष्ट गरेको बताइएको छ ।

हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन् । घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मगरदैत्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पुर्‍याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट बर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने चारदेखि सातजना व्यक्तिको ज्यान जाने गरेको कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार कोशी टप्पुमा प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट बालीनाली, घर सहितको भौतिक संरचना र मानवीय क्षति भइरहेको छ । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।

जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले बताए ।

यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको सोलार फेन्स (विद्युतीय बार) ले समेत काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको स्थानीयवासी कलिम मियाँले बताए ।

सांसदका लागि अभिमुखीकरण

काठमाडौँ, जेठ २३ गते । संसदीय प्रक्रियाका विषयमा सांसदहरूलाई जानकारी दिने उद्देश्यले संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सचिवालयले बुधबार र विहीबार विषय विज्ञबाट सांसद्हरूलाई विषयगत समितिको प्रस्तुतिदेखि कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिन लागेको हो ।
संघीय संसद्का सदस्यलाई पहिलोपटक विषयगत ज्ञानबारे प्रशिक्षण दिन लागिएको हो । यसअघि संविधानसभामा सभासद्लाई क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको थियो ।
संघीय संसद् सविचलायका प्रवक्ता भरतराज गौतमले दुबै सदनका सबै सदस्यहरूलाई विषयगतरूपमा काम कारबाहीमा सहज होस् भनेर अभिमुखीकरण कार्यक्रम राखिएको बताउनुभयो । संघीय संसद्का ३३४ सदस्यकै लागि अभिमुखीकरण आयोजना गरिनेछ ।

नारायणगढ—मुग्लिन सडक दिउँसो बन्द नहुने..

चितवन, जेठ २३ गते । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।

यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताउनुभयो । उहाँका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो ।

सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले बताउनुभयो ।

दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत्प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलब १५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताउनुभयो । सो खण्डको दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताउनुभयो । मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने उहाँले बताउनुभयो ।

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मई र तेस्रो खण्डको ३० मई २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो ।

धमाधम सम्पादनमा “नयाँ बाटो”

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा एउटा बिधा अंगालेर प्रवेश गरेका व्यक्तिहरुले विधा थप्ने वा परिवर्तन गर्ने परम्परा बसि रहेको छ । यस्तै नृत्य निर्देशन गर्दा गर्दै पहिलो पटक निर्देशनमा समेत हात हालेका सागर लामा गोलेको निर्देशन रहेको चलचित्र “नयाँ बाटो (छार ग्यालम्)” को सम्पूर्ण छायाँकन सकिएको छ । छायाँकन समाप्त भएसँगै उक्त चलचित्रको सम्पादन सुरु गरिएको छ ।’

कोशीपारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा कुमार मोक्तान, सुनिता लुङ्बा, राहुल मोक्तान, सुनिता दोङ, लक्ष्मण बस्नेत, हस्त बहादुर गोले, धुर्व सिंह तामाङ (छिरिङ) सुर्य बहादुर गोले, गोकुल तामाङ, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने बुद्ध स्याङ्बा, प्रयास दोङ र सुदिप न्यासुरको संगीत, राजु किराँतको द्वन्द, निर्देशक सागर स्वयमको नृत्य तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

तामाङ संस्कार तथा संस्कृति बोकेर तामाङ तथा नेपाली दुवै भाषामा डबिङ गरेर हलमा प्रदर्शन गरिने जानकारी चलचित्र “नयाँ बाटो (छार ग्यालम्)” का निर्देशक सागर लामा गोलेले जानकारी दिएका छन् । यस चलचित्रलाई सामाजिक कथा तथा एक्सन, कमेडी एवम साँगीतिक हरेक पक्षमा दमदार तरिकाले निर्माण गरिएकको दाबी समेत उनले गरेका छन् ।

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी

काठमाडौँ, जेठ २३ गते । वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरियो ।

‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेतृत्व गर्नुभएको थियो । उहाँ मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी हुनुभएको थियो ।

सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपार्नुभएको फोहर तत्काल हटाउनुस्, आगामी दिनमा पुनः यस्तो फेला पारियो भने कारबाही गर्छु ।” उहाँले कार्यालय अगाडि फोहर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभएमा जरिवाना लगाउने स्पष्ट गर्नुभयो ।

सिंदरबारभित्र र बाहिरका चमेना गृहले फोहर व्यवस्थापन गर्ने नगरेको पाइएपछि मन्त्री बस्नेतले तत्काल उक्त कार्य रोक्न निर्देशन दिनुभयो । मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा मंगलबारदेखि नेपाल स्वच्छ वातावरण महाभियानको थालनी गरेको छ ।

मन्त्री बस्नेतले महाभियानलाई शहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म पु¥याउने जानकारी गराउनुभयो । उहाँले स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेको कदममा साथ दिन आम नागरिकलाई अपिल गर्नुभयो ।

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

काठमाडौैँ, जेठ २३ गते । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिनुभएको हो ।

सभामुख महराले भन्नुभयो– “संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ । ”

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाले भन्नुभयो– “सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ, जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र चोटा धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।”

सदन नचलेको समयमा ‘कता जाआंै, कसरी दिन बिताआंै’ भन्ने दोधारमा परेका सांसदलाई कुर्सी, ज्ञान र चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सुझाव दिनुभयो ।

कानून, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानून निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहनेगरी कानून निर्माण गर्न तपाईहरुले ध्यान पु¥याउन आवश्यक छ ।

संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसदीय प्रक्रिया र काम कारबाहीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना भएको दुई दिने उक्त अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका २०० भन्दा बढी सांसदको सहभागिता छ ।

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानुकूल तुल्याउनुपर्ने भएको हुँदा कानून निर्माणको जिम्मेवारीलाई पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो ।

देशमा पाँच लाख रोजगारी सिर्जना हुँदैछ : पूर्वमन्त्री कोइराला

काठमाडौँ, २३ जेठ । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालद्वारा बुधबार यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तर्क्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो । “सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन,” उहाँले भन्नुभयो । अरुण तेस्रो सरकार आफैले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बीमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गर्नुभयो । उहाँले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र काला बजारीलाई कारबाहीको नीति ल्याउनुुपर्ने बताउनुभयो । केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताउनुभयो ।

‘घुस खान नपाएपछि’ भन्सार अधिकृतको निसानामा व्यवसायी

 

रसुवा । रसुवा भन्सार कार्यालयहुँदै व्यपार्व्यवसाय गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालयहुँदै व्यापार्व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो ।

मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी तथा व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् ।

‘घुस खाएर बढी भन्सार भएको सामानलाई सस्तो भन्सार लगाएर छुटाउन पल्केका आङ्दम्बेले अहिले घुस खान नपाएपछि व्यापारीलाई अनावश्यक दुख दिन थालेका छन् ।’ उक्त नाकाहुँदै व्यापार गर्दै आएका एक व्यापारीले भने, ‘घुस खान नपाएपछि विभिन्न बहानामा भन्सार नै हुन नदिने गर्न थालेका छन् ।’

उक्त नाकाहुँदै व्यापार गर्नेहरु अहिले आक्रोशित भएका छन् । इमानदारपूर्वक राज्यले तोकेको भन्सार तिरेर सामान आयात गर्न पनि अहिले समस्या भइरहेको व्यपारीहरुको गुनासो छ । ‘हामी निकै मारमा परिसक्यौं । सहनै नसक्ने स्थिति आइसक्यो ।’ आक्रोशित हुँदै ती व्यापारीले भने, ‘घुस लिन–दिन नपाएपछि हामीलाई सताउँन पाइन्छ रु अब त अति भयो हामी यसै चुप लागेर बस्न नसक्ने भइसक्यौं ।’

व्यापारीले सहजै व्यापार गर्ने वातावरण नभएपछि मजदुरी गर्दै आएकाहरु पनि मारमा परेका छन् । ‘एक गाडि सामानको भन्सार गर्न महिनौं लागाईदिन्छ । त्यो अवधिमा हामीले के गर्ने रु’ मजदुरले पीडा पोखे ।

भन्सार अधिकृत आङदम्बेको छबि पहिला पनि धमिलिइसकेको छ । यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयको मूल्यांकन फाँटमा काम गरेका उनी अहिले रसुवा भन्सारको पनि सोही फाँटमा कार्यरत छन् । माओवादी नेता कृष्णबहादुर महरासँग निकट सम्बन्ध भएका उनले जागिर गरेको ६ वर्षको अवधिमा प्रशस्त ‘अकुत धन’ आर्जन गरेको बताइन्छ । स्रोतका अनुसार उनले घरजग्गा व्यवसायी माधवनाथ सापकोटामार्फत् आफ्नो ‘कालो धनलाई सेतो बनाउने’ काम गर्ने गरेका छन् । उनले हालसालै भक्तपुर रकीर्तिपुरमा एक–एक रोपनी जग्गा जोडेको बताइएको छ । उनले अवैध बाटोबाट कमाएको सम्पत्ति आफ्नी साली र ससुरालीको नाममा राखेको उनका निकटस्थ स्रोतले जनाएको छ ।

भन्सारको मूल्यांकन फाँटमा उनले गरेका काम पटक–पटक विविदित हुँदै आएको छ । २०७४ बैशाख ७ गते उनले मूल्यांकन पास गरी रसुवा भन्सारबाट छुटाएको सामान राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानपछि उक्त सामान मूल्यांकन छलेर ल्याएको प्रमाणित गरेको थियो । उक्त सामानबापत विभागले ८ लाख ५० हजार रुपैयाँ बिगो समेत तिराएको थियो । उक्त सामान क्यारिङ व्यवसायी केशव कँडेलसँग पाँच लाख रुपैयाँ घुस लिएर अधिकृत आङदम्बेले जाँचपाँस गराएको पुष्टि भएको थियो । यसको प्रमाण राजश्व अनुसन्धन विभागको शाखा नम्बर तीनमा अझै सुरक्षित रहेको बताइएको छ ।

उनले वैध्अवैध तरिकाले कमाएको वा असुलेको सम्पत्तिबारे बुझ्न उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘१३ पाना’ भराए स्पष्ट हुने निकटस्थहरुको बुझाई छ ।

चिप्ले भीरमा ढुंगाले लागेर एक युवक को मृत्यु

डोल्पा, २३ जेठ । त्रिपुरा सुन्दरी नगपालिकाको चिप्ले भिरमा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट नगरपालिका बाफीकोट–४ घर भएका अन्दाजी ३२ बर्षीया मानसिङ खत्री रहेका छन् ।

खदाङबाट त्रिपुराकोटतर्फ जस्तापाता बोकेर आउदै गर्दा बुधबार विहान साढे पाँच बजे तिर चिप्ले भिरमा ढुंगा लागेर शक्त घाईते भएपछि उपचारका लागी नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा ट्रयाक्टरमा खदाङ लैजाँदै गर्दा विहान साढे आठ बजे बिच बाटोमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री भारत प्रस्थान

काठमाडौँ, २३ जेठ । भारतीय सेनाका सेनाध्यक्ष जनरल विपिन राउतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भ्रमणमा लागि भारत प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा देहरादुनस्थित भारतीय सेनाको ईण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आज नै हुने आयुक्त पद प्रदान कवाजको मुख्य सक्षिकको रुपमा सहभागि हुनेछन् ।

भ्रमणका क्रममा क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने सैनिक मुख्यालयले जनाएको छ ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्कर्प निर्देशनालयले जनाएको छ । क्षत्री जेठ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

काम नगर्ने ठेकेदार प्रचण्डका घरबेटीलाई पनि नछोड्ने गृहमन्त्रीको चेतावनी (भिडियो सहित)

चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

हेटौँडा, २३ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रचण्डका घरधनीलाई पनि छोड्दिन: गृहमन्त्री थापा

काठमाडौँ, २३ जेठ । समयमा काम नसक्ने निर्माण व्यवसायीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै घरधनीलाई पनि नछोड्ने बताएका छन् ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणको जिम्मा लिएर काममा ढिलासुस्ती गर्ने जो कसैलाई पनि कारावाही गरेरै छोड्ने दाबी गरेका हुन् ।

प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेकोको विषयमा सञ्चारकर्मीले सोधेका प्रश्नमा गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने नेता, सांसद, नेताको घरधनी जो भएपनि नछोड्ने बताए ।

सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने उद्घोष गरेका हुन् ।

कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा सम्झौताअनुसार काम नभएको बताए । राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले सुनाए ।

‘राज्यले भनिसकेको छ, जसले सम्झौताअनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो’ उनले अघि भने, ‘त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए । प्रचण्डका घरधनी अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।

यसैबीच, गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् ।

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

रुपन्देही, २३ जेठ । सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।

सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको हो ।

उक्त नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत गुरुयोजना बनाएर काम गर्न खोजिएको जानकारी दिँदै उत्खनन नभएका कतिपय क्षेत्रमा उत्खननको तयारी भएको बताउनुभयो । उहाँले केही चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशम्शेरले उसै बखत उक्त क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएको उल्लेख गर्दै अहिले उत्खननका लागि संघीय सरकार र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग भएको बताउनुभयो । खड्गशम्शेर पाल्पाबाट सैनामैना आएको बताइएको छ ।

नगरप्रमुख कार्कीले त्यसका लागि कम्तीमा रु ५० करोड आवश्यक भएको जानकारी दिँदै त्यस क्षेत्रको संरक्षण र संवर्द्धन गर्न स्थानीय समाजसेवी झपेन्द्र जिसीको संयोजकत्वमा ‘सैनामैनाको ऐतिहासिक महत्व र लोकसंस्कृति संरक्षण समिति’ गठन गरिएको छ भन्नुभयो । सो समितिले बढीमा एक महिनामा प्रतिवेदन तयार गर्ने छ । समितिमा संस्कृतिविद् तथा प्राध्यापक डा गितु गिरी, रामप्रसाद भट्टराईलगायत हुनुहुन्छ ।

प्राध्यापक डा गिरीले लुम्बिनी विकास कोष ऐन– २०४२ ले लुिम्बनी र खास केही ठाउँ बाहेक अन्य ठाउँमा बुद्धकालीन सभ्यता छ वा छैन भन्ने विषयमा नबोलेकाले सैनामैनालाई बेवास्ता गरिएको बताउनुभयो । “त्यो क्षेत्र प्रकृति र संस्कृतिको संगमस्थल हो ।” उहाँले भन्नुभयो, “सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटको आर्कषण बढाउन सकियो भने लुम्बिनी आउने सबै पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिन्छ ।”

प्राध्यापक डा गिरीले बुद्धकालीन अवस्थाको चित्रणले यस स्थानकोे को भिन्दै विशेषता छ तर सुकुम्वासीको अतिक्रमणले पनि यहाँ समस्या देखिएको छ भन्नुभयो ।

साहित्यकार गोविन्द गिरी प्रेरणालाई वासुशशी स्मृति पुरस्कार हस्तान्तरण

साहित्यकार गोविन्द गिरी प्रेरणालाई वासुशशी स्मृति पुरस्कार हस्तान्तरण

 

२३ जेष्ठ, काठमाडौं

आधुनिक नेपाली साहित्यका मूर्द्धन्य साहित्यकार वासुशशीका नाममा स्थापित २०७३ सालको पुरस्कार साहित्यकार गोविन्द गिरी प्रेरणालाई परिषदका अध्यक्ष गणेश रसिकले एक समारोहका वीच आज हस्तान्तरण गर्नुभयो ।

सो समारोहलाई सम्वोधन गर्दै श्री रसिकले साहित्यकार प्रेरणाले विदेशमा वसेर पनि वासुशशीको सम्झना गरेकोमा तथा साहित्य रचनामा निरन्तर लागिपरेको विशेष धन्यवादयोग्य भएको वताउनु भयो !
पुरस्कार ग्रहणपश्चात पुरस्कृत प्रतिभा साहित्यकार गोविन्द गिरी प्रेरणाले वासुशशीको योगदानको स्मरण गर्दै आफूलाई पुरस्कारको लागि छनौट गरेकोमा परिषदलाई धन्यवाद दिनुभयो !

कार्यक्रमको शुरूमा परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत भाषण गर्दै पुरस्कृत प्रतिभा गोविन्द गिरी प्रेरणाको परिचय प्रस्तुत गर्नुभएको थियो ।

नक्कली पहिरोले रुवाबासी, मानिसहरु खाफै खाल्टे भित्र पस्न थाले (भिडियो)

‘गुहार ! गुहार ! लौन मेरो घर पहिरोमा पर्यो, मेरो छोरो पुरियो’ बिहान लगभग १२ बजे पोखराको भलाम जाने सडक मार्गमा पहिरोले घर पुरिएर एवं भत्केर समस्यामा परेका सर्वसाधारणको यस्तो चित्कार सुनिन्थ्यो । मानिसहरु जम्मा भएका थिए । कोहीखन्दै थिए, कोही मरेका जस्ता देखिएका थिए, कोहीको आधा ज्यान माटोमा आधा बाहिर थियो तर घटना बास्तबिकता नभई बिपत पर्दा कसरी उद्दार गर्ने भन्ने तालिमको थियो ।
हेर्न गएका मनिसहरुलाई लाग्थ्यो त्यहाँ साँचै केही भएको छ, घर भत्केको छ, मानिस पुरीएका छन् । हो सामान्यतया अब बर्खा लाग्यो, बर्खासंगै बाढी पहिरोमा मानिहरुको ज्यान जान सक्छ, घर पुरिन सक्छन् भने हेतुले यो अभ्यास गरियो हो । यो अध्यास पश्चात् अब पहिरोका कारण हुने क्षती र त्यसको न्यूनिकरणमा मद्दत पुगने बिश्वास गरिएको छ

क्यानडामा विज्ञहरुको भेला : नेपालको उच्च शिक्षामा आप्रवासी नेपालीको भूमिका डा. गोबिन्दसिंह रावत

देशको माया लाग्नेले ग्रिनकार्ड छोडेर नेपाल फर्कन लालबाबुको आग्रह

टेक्सास, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् । ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफु ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् ।

ठुला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफुलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताएका छन् । कार्यक्रम प्रस्तोता सूर्य थापासंग गरिएको ३५ मिनेट लामो सम्बादमा मन्त्री पण्डितले आफुले बिदेशको नागरिकता लिनेहरुले पैत्रिक सम्पतीमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडि मुलुकमा रहेका नेपालीहरु र देशप्रेमी नेपालीहरुले आफुलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफुुबाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको समेत बताएका छन् । आगाी दश बर्षमा नेपालबाट युवाहरु बिदेशीनु नपर्ने माहौल बनाउने आफ्नो योजना समेत पण्डितले सुनाएका छन् । चालिस कटेपछि रमाउंला भन्ने गित सुनेर आफु धेरै पटक रोएको पनि पण्डितले कार्यक्रम सुनाएका छन् ।

मन्त्री लालबाबु पण्डितसंग गरिएको पुरा कार्यक्रम हेर्नुहोस् ।

 

क्यानडामा विज्ञहरुको भेला : नेपालको उच्च शिक्षामा आप्रवासी नेपालीको भूमिका डा. गोबिन्दसिंह रावत

एकपटकको नेपाली सधैको नेपाली भन्ने गैरआवासीय नेपाली संघको नारालाई आत्मसात गर्दै आप्रवासी नेपालीहरु मातृभूमीप्रति आफ्नो कर्तव्य निर्वाह गर्न अग्रसर हुँदै गइरहेका छन् । नेपालबाट विभिन्न कारणले आप्रवासमा आउने प्रायः नेपालीहरुले आफ्नो शिक्षालाई निरन्तरता दिदै गएको देखिन्छ । मातृभूमि छोड्ने विभिन्न कारणहरु मध्ये उच्च शिक्षा हासिल गर्न मुख्य कारक रहदै आएको छ । यसरी उच्च शिक्षा पाएपछि ९८ प्रतिशत नेपालीहरु आप्रवासलाई नै आफ्नो कार्यक्षेत्र बनाएर त्यहीँ स्थाई रुपमा बस्ने गरेको पाइन्छ । उच्च शिक्षाका माध्यमबाट हासिल गरेका सीपहरुको लगानि आफ्नो कर्मभूमिमा जति गरे पनि आफ्नो मतृभूमिप्रतिको आस्था भने कहिल्यै मेरर वा मेटिएर जादैन । आफुले आर्जन गरेका सीपलाई मतृभूमिमा लगानि गर्ने विचार र ईच्छाहरु सदैव रहीरहन्छ । यस्तै देशबाहिरका सीपहरुलाई देशभित्र प्रयोग गर्ने वातावरण र माध्यम निर्माण गर्ने उदृेश्यका साथ २०१० मा खुला विश्वविद्यालयको अवधारणा अगाडि सारिएको थियो । क्यानडाबाट डा. प्रमोद ढकाल, डा. द्रोण रसाली र डा. अम्बिका अधिकारी समूहले अगाडि सारेर हुइस्टन, टेक्सस्को एन.आर.एन. बैठकपछि सार्वजनिक भएको खुला विश्वविद्यालयले आज मूर्त रुप लिईसकेको छ । यसका लागि यसका अभियन्ताहरु सदैव अगुवाका रुपमा परिचित भईरहने छन् ।

पचासको दसकको अन्त्यदेखि क्यानडामा शुरु भएको नेपालीहरुको आगमन आजको मितिसम्म अनुमानित ९० हजारको संख्या नाघेको हुनु पर्दछ । नेपाली भूमिलाई छोडेर आप्रवासी जीवनशैलीमा रमाउँदै नेपालीहरु समाजका प्रत्येक क्षेत्रमा कार्यरत छन् । अरु मुलुकमा जस्तै क्यानडामा पनि दुई थरीका नेपालीहरुको आगमन रहदै आएको छ । पहिलो शैक्षिक योग्यताका आधारमा र दोस्रो शरणार्थीका आधारमा । यी दुई प्रक्रियाका अतिरिक्त तेस्रो प्रक्रिया अनुरुप अध्ययनका सिलसिलामा नेपालीहरुको अगमन पनि रहदै आएको छ । यही उच्च शिक्षा आर्जन गर्न आएका नेपालीहरुको सोच र पहुँचले नेपालबाहिर नेपाललाई चिन्हाउने काम हुँदै आएको छ । यसरी अध्ययन अनुसन्धानात्मक परियोजनासँग आवद्ध रहदै आएका अन्वेषक नेपालीको अनुसन्धानको विषय नेपालको माटोसँग कुनै न कुनै रुपमा जोडिएको हुने गर्दछ । विदेशमा रहेर स्वदेशको विकासको उपायहरु सोच्ने नेपालीहरुले विदेशमा अनुसन्धानमुलक कार्यशाला गोष्ठीको आयोजना गरेर नेपाललाई जोड्ने काम गरीनै रहेका हुन्छन् । यस्तै गोष्ठीको पछिल्लो उदहरण गत मे ५ मा भएको अल्वर्टाको कार्यशाला गोष्ठीलाई लिन सकिन्छ । नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, क्यानाडाले संयुक्त रुपमा एडमन्टन, क्यानाडामा “तेस्रो नेपाली कार्यशाला गोष्ठी” सम्पन्न गरेको छ। क्यानाडाको विभिन्न स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने करीब ६० जना नेपाली बिज्ञ र अनुसन्धानकर्मीहरुको उपस्थितिमा यो गोष्ठी सम्पन्न भएको थियो।

अनुसन्धान र नबिन प्रयोगको माध्यमबाट शिक्षा, प्राज्ञिक तथा व्यावसायिक व्यक्ति र नेपाली समुदायलाई जोड्ने (Linking academia, professional and community through research and innovation) नाम दिइएको उक्त कार्यशाला गोष्ठीमा १४ जना अनुसन्धानकर्ताहरुले ईन्जिनियरिङ्ग, स्वास्थ्य बिज्ञान र पशुचिकित्सा, विकास तथा सामाजिक विज्ञान र प्राकृतिक तथा वातावरणीय विज्ञान गरी ४ वटा सत्रमा कार्यक्रम सम्पन्न भएको थियो । गोष्ठीमा प्रस्तुत गरिएका केही कार्यपत्रहरु नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए । नेपालिज स्कलर्स एसोसीयसन (नेसा) द्वारा आयोजित गोष्ठीका संयोजन युनिभर्सिटी अफ अल्बेर्टाका उज्वल तिवारीले गर्नु भएको थियो। गोष्ठीमा डा। अर्जुन बहादुर केसीले नेपालमा विद्युतीय सवारी साधनको आवश्यकताका बारेमा प्रस्तुति दिनु भएको थियो । राष्ट्रको ब्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदुषण काम गर्न नेपालले पनि विद्युतीय सवारी साधनको प्रबर्ध्दन गर्न आवश्यक नीति नियम र संरचनाहरु बनाउन जरुरी रहेको जानकारी गराएका थिए । वहाँले चाइना, अमेरिका, नर्वे जस्ता देशहरुले विद्युतीय सवारी साधनको प्रबर्ध्दन गर्न लिएका नीतिहरु र बनाइएका संरचनाहरुको चर्चा गर्दै नेपालले लिनु पर्ने नीतिहरु उल्लेख गर्नु भएको थियो । विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल सरकारले विद्युतीय सवारी साधनमा कर कम लिने, सवारी साधन चार्ज गर्न स्टेशन बनाउने आदी कार्य गरेमा नेपालमा आफ्नै देशमा उत्पादित बिजुली प्रयोग गरेर सवारी साधन चलाऊन सकिने जानकारी गराउनु भएको थियो ।

अल्बेर्टा सरकारमा बाँध (ड्याम) बिज्ञको रुपमा कार्यरत मोहनाथ आचार्यले बाँध (ड्याम) तथा हाइड्रोपावरमा हुन सक्ने बिपदको आपातकालीन तैयारी र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुति दिनु भएको थियो। उत्तर अमेरिकामा बिशेष गरी क्यानाडा र अमेरिकामा ड्यामको डिजाईन तथा निर्माणको बेलामा भविष्यमा हुन सक्ने जोखिमलाई कसरी अध्ययन गरिन्छ र जोखिमलाई न्युनिकरण गर्न के कस्तो आपातकालीन तैयारी र व्यवस्थापन गरिन्छ त्यसको उदाहरण दिदै नेपालमा अहिलेसम्म पनि ड्याम तथा हाइड्रोपावरमा निर्माण गर्दा तल्लो तटीय क्षेत्र हुने जोखिमलाई अध्ययन गरिएको नदेखिएको र हाम्रो जस्तो उच्च भुकम्पिय जोखिम भएको क्षेत्र यस्तो सम्भावित बिपदको आपातकालीन तैयारी र व्यवस्थापन अत्यन्त महत्पूर्ण भएको बताउनु भयो। विश्वको बढ्दो तापक्रमको असर हिमालय क्षेत्र उच्च रहेको कारणले हिमतालहरु फुट्ने जोखिम पनि बढ्दो भएको हिमतालका तल्लोक्षेत्रमा आपातकालीन तैयारी र व्यवस्थापनको कार्यक्रम बनाउने पर्नेमा बिज्ञ आचार्यले जोड दिनु भएको थियो । रिजाइना शहरका शहरी योजनकर्ता डा। पुण्यसागर मरहट्टाले नेपालको विकृतिपूर्ण राजनीतिक कारणले नेपालका बिषेश गरी काठमाडौंमा बिकासको नाममा कसरी हाम्रो संस्कृति र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु बिनास गरियो, हाम्रो सेवैज्ञानिक निर्माण पद्धती तथा शहरी बिकासलाई कसरी अपहरण गरियो भनेर रानी पोखरीको उदाहरण सहित आफ्नो प्रस्तुति दिनु भएको थियो। अर्का विज्ञ डा। जनकराज आचार्यले नेपालीमुलका क्यानाडाबासीहरुले आफ्नो अवकाश जीवन क्यानाडा वा नेपालमा बिताउदा कस्तो आर्थिक अवस्था रहन्छ भनेर क्यानाडा र नेपालको तुलनात्मक अध्ययन गर्नु भएको थियो । उहाले ५५, ६० वा ६५ बर्षमा अवकाश लिएर बाँकी जीवन क्यानाडा र नेपाल बिताउन लाग्ने अनुमानित खर्च प्रस्तुत गर्दै अवकाशमा क्यानाडामा पाइने सुबिधा लिएर नेपाल बस्न आर्थिक रुपले धेरै सहज हुने तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।
युनिभर्सिटी अफ अल्बेर्टामा अध्ययनरत प्रशन्ना पोखरेलले उत्तरी अमेरिकाको रातो लोखर्केको बिभिन्न जीवनचरण गरिएको ब्यवहारको अनुसन्धान प्रस्तुत गर्दै नेपालमा पनि रातो पाण्डा लगायत अन्य लोपोन्मुक जनावारहरुलाई संरक्षण गर्न ति जनावारहरु ब्यवहारको मिहिन अध्ययन गरी तिनीहरुको संख्या वद्धी गर्न आवश्यक वातावारण निर्माण गर्न सकिने कुरामा जोड दिनु भएको थियो । अन्य कार्यपत्र प्रस्तोताहरुमा डा। रेमन्त केसीले क्यान्सर, युवराज पौडेलले नेपालमा बाल विवाह र परीवार नियोजन, प्रेम पोखरेलले प्रतिकुल वातावरण र नयाँ माटोमा उर्कन सक्ने बिरुवाको बिकास, अनिमेश केसीले सौर्य उर्जा, डा। दिपक पुडासैनिले विषाक्त बायुको नियन्त्रण, डा। कृष्ण काफ्ले गाई, उज्वल तिवारीले नेपाली मनसुनको गतिशिलता, मधुसुदन रिमालले प्राचिन नेपालको स्वास्थ्य पध्दती र डा। भरतमान श्रेष्ठले नेपालमा जमिन प्रयोगको परीवर्तनको बारेमा प्रस्तुती दिनु भएको थियो । तीनचरणमा आयोजित यस एक दिने विज्ञ गोष्ठीको अन्त्यमा नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टनका अध्यक्ष रामकृष्ण शर्माले यस्ता बौध्दिक कार्यक्रमलाई निरन्तर दिदै नेपाल र क्यानडाको विकासको अवधारणासहीतका अनुसन्धानात्मक कार्यपत्रहरु आगामी दिनमा पनि प्रस्तुत गरिने जानकारी दिनु भएको थियो ।

यस्तै प्रकारको अर्को गोष्ठी आउदो जुलाई ७ र ८ तारिखका दिन टोरोन्टोमा हुन गईरहेको छ । नेपालको उच्च शिक्षामा आप्रवासी (डायस्पोरा) नेपालीको भूमिका पहिल्याउन क्यानडाको टोरोण्टोमा आयोजना हुन लागेको छ । यस अन्तराष्ट्रिय सम्मेलनमा नेपालमा उच्च शिक्षाको उत्थानमा आप्रवासी नेपालीहरुको भूमिकाका बारेमा विशेष छलफल हुने छ । यस सम्मेलनमा आप्रवासी बुद्धिजीवि वर्गले नेपालको शैक्षिक विकासमा के कस्तो भुमिका राख्न सक्ने छन् भन्ने बारे विशेष छलफल हुने छ । यस सम्मेलनको मूल उदृेश्य विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको उच्च शिक्षामा कसरी उपयोग गर्न सकिन्छ भन्नेवारे रहेको छ । युरोपमा आधारित रहेर काम गरिरहेको ग्लोबल पलिसि फर नेपाल ९जिपिएफएन०, क्यानडा फाउन्डेसन फर नेपाल ९सिएफएफएन० र एसोसिएसन अफ नेप्लीज इन अमेरीका९एएनए० को संयुक्त आयोजनामा हुन गईरहेको यो सम्मेलनमा अमेरिका र क्यानडाका अतिरिक्त बेलायत र नेपालबाट पनि अन्वेषकहरुको सहभागिता रहने छ । क्यानडाका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा अध्यापन कार्य गरीरहेका प्राध्यापकहरुको सम्लग्नता र सहभागितामा आयोजना हुन गईरहेको यस सम्मेलनले आप्रवासका नेपाली अध्येता, विज्ञ एवं प्रविधिज्ञले नेपालको उच्च शिक्षा सुधारका सम्भाव्यताहरु खोज्ने प्रयास गर्ने छन् । आयोजक समितिका कार्यक्रम संयोजक डा तुलसी धरेलका अनुसार नेपालको उच्च शिक्षाको विकासमा आप्रवासी नेपालीहरुले गरिने यो एउटा महत्वपूर्ण अवसर हो’, । डा. धरेलका अनुसार विश्वभरी ‘छरिएर रहेको दक्षताहरुलाई एकिकृत गरि योजनाबद्ध तरिकाबाट प्रयोगको बाटो सम्मेलनले खोल्ने छ।’

पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली विज्ञहरुलाई समेटेर आयोजना हुन गई रहेको यस सम्मेलनमा शिक्षा क्षेत्रका विकसित प्रविधि र प्रयोग, चल्तिका अनुसन्धान क्षेत्र, नेपालको उच्च शिक्षासंग अन्तर्राष्ट्रिय समन्वयको सम्भावना, खुल्ला विश्वविद्यालय एवं दुर शिक्षाको प्रयोग र नेपालको उच्च शिक्षालाई परिस्कृत गराउन आप्रवासी नेपालीको भुमिका जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । उच्च अध्ययनका लागी विदेशमा रहेका अध्येता, अनुसन्धाता, शैक्षिक प्रशासक, खुला सिकाइ सम्वन्धि विज्ञ, विद्यार्थी एवं पेशाकर्मीहरुको सहभागिता रहने अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपाली दुतावास क्यानडा, एनआरएन क्यानडा, र कन्सर्न नेपाल क्यानडाले प्रायोजन गर्नेछन् । सम्मेलनमा उल्लेखि क्षेत्र भित्र पर्ने गरि एपिए फर्मेटमा २५ सय शव्दको कार्यपत्र आव्हान गरिएको छ । कार्यक्रम संयोजक डा. धरेलका अनुसार सम्मेलनको निष्कर्ष र प्रस्तुत कार्यपत्रहरुलाई एकमुष्ठ गरि किताबको रुपमा प्रकासित गरिने र उपयुक्त राय सुझावहरु सम्वन्धित निकायमा पठाइने छ । कार्यक्रमलाई आकर्षित एवम् सहभागीमूलक बनाउन नेपाल सरकारको शिक्षा मन्त्रीसहित त्रिभुवन तथा अन्य विश्वविद्यालयक उपकुलपतिसहित शिक्षाध्यक्षका समेत निम्तो पठाएको छ ।

Tuesday, June 5, 2018

देशका विभिन्न स्थानमा बदली र वर्षा, केही दिनभित्रै मनसुन भित्रने

काठमाडौं, जेठ २२ । प्रिमनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन सुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो ।

मनसुन सुरु हुने संघारमा रहेकाले प्रिमनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ ।

मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

‘वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेरबदल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ । चाँडै (दुई/चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ’–मौसमविद् पौडेलले भने ।

सामान्यतः मनसुन सुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन सुरु हुन्छ । तर, हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदन्ड चाहिन्छ
नेपालमा सामान्यतः मनसुन सुरु हुन निश्चित मौसमी मापदन्ड चाहिन्छ । मौसमविद्काअनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ ।

भारतीय अकाशको माथिल्लो वायुमन्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ ।

त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदन्ड नपुगेका कारण मनसुन पूर्णसक्रिय बन्न सकेको छैन ।

माथिका मापदन्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमन्डलमा रहेको ‘जेट स्ट्रिम’ करिब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ ।

मौसमविद् पौडलकाअनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ । तर, अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमामात्रै वर्षाकेन्द्रित छ ।

मंगलबार तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौंसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

मंगलबार काठमाडौंको अधिकतम् तापक्रम २९ र न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।

भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ । सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गर्नुभएको छ ।

वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ ।

चार किलोमा पहिरो : मुग्लिन सडक एकतर्फी

रत्ननगर, चितवन, जेठ २२ गते । चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ ।

अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताउनुभयो । नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।

लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग

हेटौँडा, जेठ २२ गते । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।

बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पु¥याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
नेपाली काँग्रेसका प्रभात तामाङले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, दुर्गम स्थानमा खानेपानी सुविधा पु¥याउनुपर्ने लगायत सुझाव दिनुभयो । नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुनेछ । उक्त छलफलमा भाग लिन प्रदेशसभाका ४४ सदस्यले नाम लेखाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । जेठ २४ गते बस्ने प्रदेशसभाको बैठकमा नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएका जिज्ञासा र सुझावको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभाको आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ र मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक २०७५बारे पाँच समितिमा दफावार छलफल चलिरहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहन निरौलाले बताउनुभयो ।

खोप लगाउन आउने बालबालिका बढ्दै

ललितपुर, जेठ २२ गते । गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।

अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो । चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो । अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन् ।

अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन् । उहाँ भन्नुहुन्छ, “अस्पताल नजिकका मात्रै होइन टाढाबाट धाएरै आउने पनि धेरै छन् ।”

अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठ बताउनुहुन्छ । अरु कतिपय स्वास्थ्य केन्द्रले महिनामा एक पटक मात्रै खोप कार्यक्रम सञ्चालन गर्छन् । उहाँ भन्नुहुन्छ, “साता नै पिच्छे हुँदा पनि सेवाग्राही सेवा लिन आउने गरेका हुन् ।” विगतमा खोपसम्बन्धी उजुरी नभएकाले पनि यहाँ आउने बढिरहेको उहाँ बताउनुहुन्छ ।

अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तरलगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ ।

एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो । उहाँले गत महीना भएको विद्यार्थी भर्ना अभियानबाट विद्यालय जाने उमेरका करीब ९० हजार बालबालिका विद्यालयको पहुँचमा आएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालयमा टिकाइराख्नु सरकारको उच्च प्राथमिकता भएको बताउनुभयो ।

उहाँले प्रारम्भिक बालविकासका सरोकार भएकाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकास क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान तथा प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीति बारे छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो ।

शिक्षा मन्त्रालयको आयोजनामा आजदेखि शुरु भएको सम्मेलन यही जेठ २४ गतेसम्म चल्नेछ । सो क्षेत्रका मुलुकका विभिन्न शिक्षा तथा स्वास्थ्यमन्त्री एवं सचिव र विज्ञको सहभागिता रहेको सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकका ३२५ जनाको सहभागिता छ । सम्मेलनमा नेपालबाट प्रारम्भिक बालविकाससँग सम्बन्धित नीतिनिर्माता, सरकारी तथा गैरसरकारी संघ तथा संस्थाका गरी २१५ जनाको सहभागिता छ ।

वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो । विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।”
सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उहाँले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गर्नुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो

प्रधानसेनापति क्षत्री बुधबार भारत भ्रमण जाँदै

काठमाडौँ, २२ जेठ । भारतीय सेनाका सेनाध्यक्ष विपिन राउतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भ्रमणमा लागि भारत जाँदैछन् ।

बुधबारदेखि शुरु हुने उनको भ्रमणका क्रममा देहरादुनस्थित भारतीय सेनाको ईण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको बुधबार नै हुने आयुक्त पद प्रदान कवाजको मुख्य सक्षिकको रुपमा सहभागि हुनेछन् ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्कर्प निर्देशनालयले जनाएको छ । क्षत्री जेठ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

कामपाका सबै वडामा वृक्षरोपण

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाका सबै वडामा मंगलबार वृक्षरोपण गरिएको छ ।

कामपाले मंगलबार यहाँ विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको बताउनुभयो । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य चुनौती रहेको धारणा राख्नुभयो ।

कामपा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले आउँदो पाँच वर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धि हासिल हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । यस अवसरमा कामपाले प्रत्येक वडालाई २०० बिरुवा रोप्न निर्देशन दिँदै केही समयभित्र तथ्यांक दिन आग्रह गरेको छ ।

वातावरण दिवसको सन्दर्भ पारेर यस वर्ष महानगर क्षेत्रभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी तथा वित्तीय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षरोपण गर्न शुरु गरिएको छ । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको हो ।

यस वर्ष कामपाले ‘काठमाडौँ हरियाली मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली’ भन्ने नारासहित अभियान थालनी गरेको छ । रोपिएका बिरुवाको तथ्यांक लिने, ती बिरुवा संरक्षणको निरन्तर नियमन गर्ने र बिरुवा हुर्काउने जो कोहीलाई मूल्यांकन गरी कामपाले सम्मान गर्ने छ ।

यतिबेला चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा लागिरहेको छ

यतिबेला चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा लागिरहेको छ । सोमबार दिवा समयमा राजधानीमा रहेको कुमारी हलमा फिल्मलाई नेपाली सिने उद्योगका सेलिब्रेटीले दर्शकसँगै बसेर फिल्म हेरे । दुई घण्टा १५ मिनेट लामो फिल्म हेरेर निस्किएका बरिष्ठ हास्यकलाकार किरण केसी ‘रातामकै’ ले ‘अमेरिका बोइज’ को मुक्तकण्ठले प्रसंशा गरे । उनले भने, ‘मलाई स्क्रिन प्ले धेरै राम्रो लाग्यो । मलाई यो चलचित्रको निर्देशकबारे केही थाहा थिएन । फिल्मले बलजफ्ती कहि कतै हँसाएको छैन । म यो चलचित्रलाई हन्ड्रेडमा हन्ड्रेड नम्वर दिन्छु । यदि फिल्ममा स्टारकास्ट भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’ कलाकार केसीले यो फिल्म हेरिरहदा आधा सेकेण्ड पनि आफूलाई कहि कतै बोर फिल नभएको भन्दै दर्शकलाई एकपटक हल गएर हेर्न अनुरोध समेत गरे । यता बरिष्ठ पत्रकार तथा निर्देशक विजयरत्न तुलाधरले चलचित्र निकै रोचक लागेको प्रतिक्रिया दिए । उनले फिल्मले उठान गरेको विषय गम्भिर तर प्रस्तुतिकरण हास्य रसले भरिएको तर्क गरे ।

त्यस्तै निर्देशक तथा कलाकार निश्चल बस्नेतले फिल्म निकै रमाइलो लागेको बताए । उनले थपे, ‘धेरै फिल्मबाट प्रस्तुतिकरण कलाकारको काम चित्त नबुझ्ने भइराको हुन्छ । यो मुभि हेर्दा चाहि त्यो फिल हुँदैन । इमोशनल जर्नी राम्रोसँग मेन्टेन ग¥याछ । निर्देशक प्रवेश पौडेलले गरेको काम एकदम चित्त बुझ्याछ । आगामी दिनमा अझ यो भन्दा बेटर फिल्म बनाउछ भन्ने विश्वास लागेको छ । मलाई लाग्छ दर्शकले एकचोटी हेर्दा राम्रो हुन्छ ।’ उनले कलाकारको काम एकदमै राम्रो रहेको भन्दै कामेश्वर चौरासियाको क्यारेक्टर अझ मन परेको बताए । सञ्चारकर्मी नरेश भट्टराईले फिल्मले हास्दा हास्दै सकिने बेलामा भावनात्मक बनाएको भनाइ राखे ।

यतिको रमाइलो फिल्मलाई दर्शकले हेर्न छुटाउनु नहुने भन्दै सबैलाई फिल्म हेरिदिन नरेशले आग्रह समेत गरे । उता नायिका सारा सिर्पालीले ‘अमेरिका बोइज’ इन्टरटेन्मेन्ट र इमोशनल दुवैको प्याकेज भएको बताइन् । गायक विश्व नेपाली र सन्तोष लामाले फिल्मको सांगीतिक पक्ष पनि उतिकै सशक्त रहेको तर्क गरे । दर्शक समक्ष यो फिल्म राम्रो छ भन्ने सन्देश पुग्न आवश्यक रहेको यि दुईको आशय थियो । त्यसो त फिल्मको स्टोरी आफूहरुलाई एकदमै मन परेको सन्तोष र विश्वले बताए । चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाई, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, कामेश्वर चौरासिया, श्रृष्टि कार्की लगायतको अभिनय रहेको छ ।

फिल्मका कलाकार कामेश्वरले अब धेरै बोल्नु भन्दा दर्शकले फिल्म हेर्दा नै राम्रो हुने बताए । उनले आफ्नो चरित्र दर्शकलाई कन्भिन्स हुने खालकै रहेको बताए । फिल्ममा खेल्ने अर्का कलाकार अभय बरालको क्यारेक्टर निकै हार्ट टचिङ रहेको भन्दै उनी इमोशनल समेत भए । यता हास्यकलाकार सन्दीप क्षेत्रीले होल टिम नै राम्रो भएका कारण प्रोडक्ट राम्रो निस्किएको दाबी गरे । उनले विगत स्मरण गर्दै भने, ‘मलाई सिनेमा खिच्ने बेलामै राम्रो हुन्छ भन्ने लागेको थियो । तर उतिकै नर्भसनेस पनि थियो । मैले मेरो चलचित्र भएर भनेको होइन । वास्तवमै अमेरिका बोइज राम्रो चलचित्र बनेको छ । सुनिल थापा, हरिहर शर्मा जस्तो सिनियर आर्टिस्टसँग काम गर्न पाउनु यो आफैमा ठूलो उपलब्धि हो मेरो लागि । अर्पण, कामेश्वर र अभयसँग काम गर्दा फ्रेसनेस चिज धेरै सिक्न पाए । ओभरल फिल्मको जर्नी नै एकदमै रमाइलो छ ।

’ टेलिभिजनमा देखिएको भन्दा फरक रुपमा आफूलाई दर्शकले हेर्न पाउने सन्दिपको भनाइ थियो । उनले यो चलचित्रमा अर्पण र कामेश्वर भएकाले गर्दा पनि सुरुवातमा फिल्ममा आबद्ध हुन आफू एग्री भएको रहस्य खोले । साथै अर्पणको एक्टिङको आफू ठूलो फ्यान रहेको कलाकार क्षेत्रीले बताए । चलचित्रका अर्का दुई कलाकार अभय र आशिष दर्शक र शुभेच्छुकबाट पाएको साथ र मायाले मख्ख थिए । फिल्मले अमेरिका जान चाहने तीन युवाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । प्रवेश पौडेल निर्देशित फिल्ममा विवेक पाण्डेको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई चलचित्रकर्मीले मात्र होइन दर्शकले समेत उति नै मनपराएका छन् । जेठ १८ रिलिज फिल्मले क्रमश हलमा दर्शक साथ पाउदै गएको छ । सिबर्ड पिक्चर्स र बडी इन्टरटेन्मेन्ट प्रस्तुत सोसियल कमेडी जनराको यो चलचित्रलाई प्रकाश भूजेल र इन्द्र प्रसाद खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

dGqL lji6 dxflgb{]zs /fO8/;Fu e]6
cGt/f{li6«o >d ;+u7gsf] !)&cf}+ cGt/f{li6«o >d ;Dd]ngsfsf qmddf l:j6h/Nof08sf] h]g]efdf >d, /f]huf/ tyf ;fdflhs ;’/Iff dGqL uf]s0f{/fh lji6n] ;+u7gsf dxflgb{]zs ufo /fO8/;Fu e]6jftf{ ub}{ . tl:a/ M ;f}hGo– dGqLsf] ;lrjfno, /f;;

काठमाडौँ, २२, जेठ । स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ ।

संगठनको १०७ औंँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई मंगलबार भेटी सो आग्रह गर्नुभएको हो । मन्त्रीसँगै रहनुभएका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले महानिर्देशकसँगको भेटवार्ता नेपालको श्रम क्षेत्रमा सहयोग र सहकार्य बढाउन सकारात्मक भएको जानकारी दिनुभयो । भेटमा मन्त्रालयका सचिव महेश दाहाल, त्यहाँस्थित स्थायी नियोगका प्रतिनिधि दीपकमणि धिताललगायतको सहभागिता थियो । नेपाल सो संगठनको सदस्य राष्ट्र रहिआएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा मुलुकभित्र रोजगारी सिर्जना गर्न क्रमशः नेपाललाई कामका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । मन्त्री विष्टले सरकारको उक्त प्राथमिकतालाई पहिलो पटक अन्तर्राष्ट्रिय संगठन र मञ्चमा राख्नुभएको छ । व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात, पूर्वाधार र तीन वटै सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई सो कार्यक्रममा आबद्ध गर्ने सरकारको लक्ष्य छ । यसका लागि रु तीन अर्ब १० करोड विनियोजन गरिएको छ । सो कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी दिने सरकारको योजना छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट यही जेठ १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा मन्त्री विष्टले सोमबार सबै देश सहभागी हुने विस्तारित सत्रलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपालले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा असल श्रम सम्बन्ध स्थापित गरी श्रमिक, हित र कल्याणको प्रत्याभूति गरी श्रमिकको उत्पादकत्व बढाउने विषयमा जोड दिएको घिमिरेले बताउनुभयो ।

आन्तरिक रोजगारीका अवसर अभिवृद्धि गर्ने विषय तथा यी सबका लागि सम्बद्ध सरोकारवालाबीच समन्वयात्मक सहकार्य अभिवृद्धि गर्ने र स्थानान्तरणका लागि विश्वव्यापी सम्झौतासम्बन्धी प्रक्रियालाई उचित निष्कर्षमा पुर्‍याई दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ जोड दिएको छ ।

सम्मेलनका क्रममा मंगलबार मन्त्री विष्टले असंलग्न राष्ट्र र एशिया प्यासिफिक समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको हैसियतले कोलम्बो प्रोसेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग मन्त्री विष्टको अन्तर्क्रिया हुने छ ।

सन्तोष विसीको शब्द तथा संगीतमा ” सिउँदो ” हेर्नुहोस भिडियो सहित

आर पोखरेल , काठमान्डौँ , जेष्ठ २२
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आफनो छुटटै पहिचान बनाउदै गरेका पुवेर्ली  सर्जक तथा गायक सन्तोष विसीको मौलिक शब्द तथा संगीतमा  सिउँदो को भिडियो आज बाट बजारमा सार्वजनिक भएको छ ।
 गायक रमेश वि डि आर र गायिका सरु आसामीको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने अपेक्षा लिइएको छ । बाध्यताले आफनी मायालुबाट छुट्दाको अवस्थालाई चित्रण गरिएको छ ।  सन्तोष विसीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ ।  महेश महराले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई विशाल बैरागीले निर्देशन गरेका हुन । सिउँदो
गीतमा आशा खड्का ,सन्तोष विसी  र विष्णु विसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना

काठमाडौँ, २२ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ ।

बागलुङ र पर्वतको सीमा भएर बग्ने कालीगण्डकी नदीमा करीब एक हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुने, कृषि, पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय राजनीतिक नेतृत्व र सांसदहरुले आयोजना निर्माणका लागि प्रयास शुरु गरेका छन् ।

विगत २५ वर्ष पहिले सामान्य अध्ययन भएको सो परियोजना निर्माणका लागि आगामी आवको बजेटमा सम्भाव्यता अध्ययन गर्ने विषय समावेश हुनुभन्दा पहिल्यै पर्वतको फलेबास नगरपालिकाले आफ्नै खर्चमा आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । नेकपाका नेता तथा बागलुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद देवेन्द्र पौडेल, सोही जिल्लाका सांसद एवं नेकपाका नेता सूर्य पाठक र पर्वतका सांसद पदम गिरी नियमित संवादमा हुनुहुन्छ । यस्तै राष्ट्रियसभाका सांसद दीनानाथ शर्मा पनि आयोजनाको पक्षमा माहोल बनाउन लागिपर्नुभएको छ ।

कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने र निर्माण शुरु गरिहाल्ने लक्ष्यका साथ सरकारले बजेटमा व्यवस्था गरेपछि स्थानीय जनप्रतिनिधिको सक्रियता बढेको छ । सरकारले यही जेठ ७ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम र जेठ १५ गते संघीय संसद्मा पेश भएको आगामी आवको बजेट वक्तव्यमा समेटिएको छ ।

बागलुङ, पर्वत र म्यादीमा साना तथा मझौला जलविद्युत् आयोजनाको निर्माण भए पनि ठूला परियोजना अगाडि नबढेको भन्दै उनीहरुले यसपटकको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गरिएको कालीगण्डकी जलाशययुक्त आयोजनालाई शीघ्र अगाडि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

करीब ५० किलोमिटर लामो जलाशय बन्ने सो आयोजनाबाट प्रविधिमा भएको विकासका कारण करीब एक हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने स्थानीय जनप्रतिनिधिको दाबी छ । स्याङ्जा, पर्वत र बागलुङमात्रै नभई गुल्मी, तराईका कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनमा समेत सिँचाइ सुविधा उपलब्ध हुने तथा कृषि क्रान्ति गर्न सकिने भन्दै कालीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि पहल गरेको उनीहरुको भनाइ छ ।

बागलुङबाट प्रतिनिधिसभा सदस्य पौडेल विश्वकै गहिरो खोँच क्षेत्रमा नै आयोजना निर्माण गर्ने गरी तयारी गरिएको बताउनुहुन्छ । उहाँले सो आयोजनाले बागलुङ र पर्वतको मात्रै नभई नेपालको मुहार परिवर्तनका लागिसमेत प्रमुख भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजनाको गुरुयोजना प्रभावकारी रहेको भन्दै स्थानीय जनप्रतिनिधिले अब नगरे कहिले गर्ने तथा अहिले नभई कहिले हुने भन्ने मनसायका साथ काम शुरु गरेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले २०५२ सालमा सो परियोजनाको प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनबाट आयोजना प्रभावकारी र वैज्ञानिक रहेको निष्कर्षसमेत निकालिएको थियो । अध्ययनअनुसार संसारकै गहिरो खोँचसमेत रहेको कालीगण्डकीमा निर्माण सहज रहेको, कम बस्ती उठाउनुपर्ने र सुरुङ सामान्यतः आठ किलोमिटरमात्रै हुने देखिएको छ ।

सो आयोजनाको बाँध १४५ मिटर अग्लो बनाए हुने देखिएको छ । गहिरो खोँचका कारण कालीगण्डकीमा जलविद्युत् आयोजना निर्माण गर्दा त्यसबाट वातावरण संरक्षण तथा आर्थिक विकासका असंख्य सम्भावना खुल्ने उनीहरुको दाबी छ । गहिरो खोँच र लामो जलाशय भए पनि जग्गा प्राप्तिमा धेरै समस्या नपर्ने फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा बताउनुहुन्छ । सो नगरपालिकाले आयोजनाको सम्भाव्यता अध्ययनका लागि चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

आयोजनाका बारेमा गत वैशाख २७ गते लगानी बोर्डसँग छलफल गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । यस्तै स्थानीय जनप्रनिधिसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडासँग आयोजना निर्माणका लागि नियमित संवादमा रहेको प्रमुख शर्माले बताउनुभयो ।

सरकारी जग्गा, खाली खोँच तथा खेतीयोग्य फाँट कम रहेका कारण कालीगण्डकी जलाशय नेपालका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ । सो आयोजना अगाडि बढाउन सकिए प्रत्यक्ष रुपमा करीब २५ लाख जनसंख्याको जीवनस्तरमा सुधार हुने विश्वास लिइएको छ । आयोजनाको विशाल जलाशय बन्ने भएकाले पर्यटनको विकास तथा कालीगण्डकीको शालिग्रामका कारण धार्मिक पर्यटनसमेत प्रवर्द्धन गर्न सहज हुनेछ ।

आयोजनालाई अगाडि बढाउन आफूहरुले प्रयास गरेको जानकारी दिँदै बागलुङबाट प्रतिनिधिसभाका सदस्य पाठक आगामी आवको बजेट तथा नीति कार्यक्रममा समावेश भएका कारण त्यसबाट प्रत्यक्ष लाभ हुने र यसपटक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुहुन्छ । पर्वतको फलेबास, कुश्मा नगरपालिका, बिहादी गाउँपालिका तथा बागलुङको जैमुनी नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाका केही स्थानका बासिन्दा तथा बागलुङका धेरैजसो स्थानीय निकायले आयोजना निर्माणका लागि स्थानीय तहबाटै अभियान शुरु गरेका छन् । बजेटमा समावेश भएका कारण उनीहरुले आयोजना शुरु हुने विश्वास गरेका छन् ।

सो आयोजनामा व्यावसायिक माछापालन र लिफ्ट गरेर खानेपानीको सुविधा पु¥याउन सहज हुने तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने सांसद पाठकको भनाइ छ ।

फलेबास नगरपालिकाका प्रमुख शर्मा आयोजनाले नेपालको मुहार फेर्न सक्ने क्षमता राख्ने भन्दै नवलपरासी र कपिलवस्तुसम्म सिँचाइ सुविधा उपलब्ध हुने बताउनुहुन्छ । सो आयोजना निर्माण गर्दा ५० घर उठाए हुने जानकारी दिँदै प्रमुख शर्मा बागलुङ र पर्वतका स्थानीय तह नै मिलेर आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुहुन्छ ।

बागलुङका सांसद पौडेल आयोजना प्रदेश नं ४ को मात्रै नभई समग्र नेपालको हितका लागि नै निर्माण हुने भएकाले तत्काल प्रक्रिया शुरु गर्न सरकारलाई आग्रह गरिएको बताउनुहुन्छ । लगानी बोर्डले समेत आवश्यक सहजीकरण गर्ने विश्वास दिलाएको भन्दै फलेबासका प्रमुख शर्मा केही समयभित्रै प्रारम्भिक अध्ययन प्रक्रिया अगाडि बढाइने उल्लेख गर्नुहुन्छ ।

विद्युत् विकास विभागले कालीगण्डकी ‘बी’ नामक आयोजना निजी क्षेत्रलाई अध्ययन गर्ने जिम्मा दिएको भए पनि काम नगरेका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन आयोजनाको प्रक्रिया अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने बताउनुहुन्छ । उहाँले प्रवर्द्धकहरु साना नदी प्रवाही आयोजनाको माग लिएर आउने गरेकामा स्थानीय निकाय सचेत भएर बृहत् परियोजना निर्माणको लक्ष्य राखेर आएको भन्दै सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

शान्ति श्री परियारको आवाजमा फेरी आयो अर्को मार्मिक गीत“तिमी विना एक पल” भिडियो सहित

रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मिश्रा काफले र जनक विन्दासको लोकदोहोरी गीत ”तिमी विना एक पल “गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ ।
गायक कमल विरही र गायिका मिश्रा काफले र शान्ती श्री परियारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गायक विरहीले गरेका छन ।  धुव्र गुरुङको शब्द सिर्जना तथा राज सुर्खेतीको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वोकृष्ट बनेको गायिका शान्ति श्री ले बताइन  । सुजन न्यौपानेले छायाँकन गरेको भिडियोलाई  अविनास डिसीले सम्पादन गरेका छन  । “तिमी विना एक पल ” भिडियोमा सागर विरही , शिवन लिम्वु र सलिन श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई सुजन न्यौपानेले निर्देशन गरेका छन  ।
हेर्नुहोस भिडियो

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो ।

‘आफ्नो शरीरमा आफ्नै हक’ भन्दै आन्दोलन गरिरहेका महिला अधिकारकर्मी र पश्चिमा समाजको प्रभावबाट ग्रस्त आधुनिक नेपाली नारीसमाज यो कानुनबाट निकै उत्साहित भएका छन् । तर हाम्रो सामाजिक सोच र सँस्कारले भने यसलाई विवादित बनाएको छ ।

विवाहपछि मात्रै बच्चा जन्माउने कुरा मूलतः हाम्रो सामाजिक कानुन हो । बिहे नगरी बच्चा जन्माउँदा समाजमा विकृति फैलने तर्क गर्नेहरु पनि छन् । त्यो केवल जकडिएको मान्यताबाट मात्रै प्रेरित भएको तर्क हुनसक्ला । तर यसले विद्यमान सामाजिक सँस्कारमाथि धावा बोल्ने निश्चित छ ।

बिहे फरक कुरा हो, बच्चा जन्माउने वा नजन्माउने कुरा फरक हो । हाम्रो समाजले त बिहेलाई ‘यौन सम्पर्क गर्ने लाइसेन्स’का रुपमा लिएको छ । बिहेअघिको यौनसम्पर्कलाई अवैध मान्दै आएको छ । त्यो अझ यौनलाई जैविक आवश्यकता भन्दा चरित्रसँग जोडेर हेर्ने चलन छ । निश्चय नै बच्चा जन्मने कुरासँग यौन जोडिन्छ । तर, बिहे जोडिन आवश्यक छैन । तर हाम्रो समाजले विहे र यौनलाई पनि जोडिदिएको छ । त्यसैले नै नयाँ कानुनी प्रावधानप्रति बढ्ता बहसको सिर्जना गरेको हो ।

झट्ट सुन्दा ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ भन्ने कुरा प्रिय छ । यो स्वभाविक हो । तर बच्चा जन्माउने कुराले पार्ने सामाजिक असरको पाटो अर्को हो । एउटी अविवाहित नारीले आफ्नो शरीरको आफैंले सदुपयोग गरेर बच्चा जन्माइन् । उनी आमा भइन् । बच्चाको आमा भयो । तर, अब बच्चाका धेरै नातासम्बन्धहरु हुँदैनन् । ठूलाबा, फूपूलगायतका थुप्रै विद्यमान सम्बन्धहरु हुँदैनन् । ‘हाडनाता’ भन्ने पनि नहोला । ऊ फुक्काफाल हुन्छ ।

हिजो कानुनी रुपमा बाउको नामबाट मात्रै नागरिकता दिने कुराको विरोध गर्दै नारी अधिकारका कुरा गर्नेहरु अब बच्चालाई बाउबिहीन बनाउन खोज्दैछन् । यो ‘प्रगतिवादी’ सोच नै होला । तर, आधिकारिक बाउबिना मात्रै आमा बन्न मन लाग्नुको पछाडि धेरै कुराहरु छन् । त्यसको मूल कारण हाम्रो गलत पितृसत्ता नै हो । तर, पितृसत्ताको विकल्पमा श्रीमानबिनाको आमा बन्ने कुरा हुन सक्छ कि सक्दैन ? बहस जरुरी छ ।

अझ बिहे नगरी आमा बन्न सकिने कुराले त कानुनी रुप पाउँदैछ । तर, बिहे नगरी बाउ बन्न पाउने नपाउने कुरा चलनमै भरपर्नुपर्ने स्थिति छ । खासमा बिहे केका लागि ? बच्चा केका लागि ? यौन केका लागि ? यसबारे हाम्रो सोचाई स्पष्ट नहुँदा समस्या आउने खतरा छ । एउटासँग बिहे गर्ने बच्चा अर्कैको जन्माउने, एउटाको बच्चा जन्माउने, उसँग बिहे नगर्ने, एउटासँग यौनसम्बन्ध मात्रै राख्नेः बिहे पनि नगर्ने, बच्चा पनि नजन्माउने । क्या रोचक हुन्छ । किनकि, आफ्नो शरीरमाथि आफ्नो अधिकार न हो । हो, एउटा बहसको सुरुवात मात्रै हो । योसँग जोडिर थुप्रै विषयहरु सतहमा आउन जरुरी छ ।

कसले बुझ्ने यि युवतीको पिडा, तपाईलाई पनि पर्न सक्छ बेवास्था नगर्नुहोला ( आशु नरोकीने भिडियो )

आमाको बलत्कार पछि हत्या भयो, युद्धमा गएका बाबु नफर्किनुको पिडा,विदेशिएका दाजुभाई घर फर्किएनन् , दिन बिताउन कस्ता कस्ता अफ्ठ्याराहरु भोगिन अनि कुलतमा पनि फस्न थालिन, कयौ पटक अस्मिता पनि लुट्यो पापि संसारले ! जिवन जिवन रहेन जिउदो लास भयो जिन्दगि, अनि लागुपदार्थ भयो सहारा, अन्त्यमा त्यसैको फलस्वरुप सकियो जिवन शरिर मात्र रह्यो रहेन प्राण । जिवनमा अनेकौ सघर्ष गर्नु पर्ने मोड आउछ, कहिल्यै पनि गलत अथवा कुलतको वाटो रोज्नुहुन्न !

पोखरामा भएको लागुपदार्थ विरुद्धको जनचेतनामुलक कार्यक्रममा प्रदर्शन गरिएको नाटक मुक्तिको कथा हो यो । तपाईलाई पनि मन परे सेयर गर्नुहहोला । आफु पनि बचौ अरुलाई पनि बचाउँ ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...