Friday, June 1, 2018

नेपाल एक दिवसीय टिमको वरीयतामा

काठमाडौं, जेठ १८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरीयतामा समावेश गरेको छ ।

आइसीसीकाअनुसार शुक्रबार (आज)देखि लागू हुने गरी नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई)लाई एक दिवसीय टिमको वरीयतामा समावेश गरिएको छ ।

आइसीसीले शीर्ष १२ टिमको वरीयतालाई विस्तार गरी उक्त संख्या १६ पुर्‍याएको छ ।

नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आइसीसीले वरीयता निर्धारणका लागि मान्य हुने खेलकारुपमा समावेश गरेको छ ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रकारुपमा एक दिवसीय मान्यता पाएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...