Saturday, June 2, 2018

जंगली च्याउ खाँदा तीनजना सिकिस्त

पाँचथर, १९ जेठ । जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । जंगलबाट ल्याएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...