Thursday, October 29, 2015

राष्ट्रपतिद्वारा सहीदको सालिकमा माल्यार्पण

bidhya-bhandariकाठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सहीदहरूको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिहान भद्रकाली मन्दिरनजिकै रहेको सहीदद्वार र लैनचौरमा रहेको सहीद स्मारक गई सहीदहरूको सालिकमा माल्यार्पण गर्नुभएको हो । यसैगरी राष्ट्रपति भण्डारीले नेकपा (एमाले) को पार्टी कार्यालय रहेको मदननगर बल्खुस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिका—१४ का विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता साथै सर्वसाधारणले समेत स्वागत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...