Monday, October 26, 2015

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा दुईको मृत्यु

धनगढी, ९ कात्तिक । कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा आज अपराह्न जलयात्रा (¥याफ्टिङ) मा रहेको डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले कैलाली जिल्लाको चिसापानीदेखि कर्णाली नदीमा ¥याफ्टिङ गरी गइरहेको डुङ्गा बर्दियाको पाताभारस्थित सोही नदीमा दुर्घटना हुँदा त्यसमा सवार लम्की–चुहा नगरपालिकाकी ६० वर्षीया कल्छीमाया पाण्डे र दुई वर्षीया बालिका यशोदा पाण्डेको मृत्यु भएको जनाएको छ ।

घटनामा १२ वर्षीय दिपेश पाण्डे नदीमा बेपत्ता भएका छन् । डुङ्गामा ¥याफ्टिङ गरिरहेका १२ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ । बेपत्ता हुनेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...