Monday, October 26, 2015

हतियारसहित पक्राउ परेका दुई सार्वजनिक

भक्तपुर, ९ कात्तिक । महानगरीय प्रहरी परिसर भक्तपुरले एक थान पेस्तोल र पेस्तोलमा प्रयोग हुने म्यागजिनसहित सूर्यविनायक पाण्डुबजारबाट पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेकोे छ ।

भक्तपुर नगरपालिका–१६ दूधपाटी बस्ने २१ वर्षीय सुलभ जोशी र २७ वर्षीय ईश्वर चौगुठीलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दा चलाएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

सूर्यविनायक डेरामा बस्दै आएका चौगुठीका कोठाबाट पेस्तोल र म्यागजिनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...