Monday, October 26, 2015

आजदेखि दसैँ विसर्जन

dashain-tika-final1भक्तपुर, ९ कात्तिक । विजयादशमी अर्थात् टीकाकोे दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेय्(राँगो) लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायणी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेय्को बध गरी ब्रम्हायणीलगायत देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोंचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दसैँ विसर्जन भएको हो ।

कोजाग्रत पूर्णिमाकै अवसरमा आज भक्तपुरको नवदुर्गा मन्दिरमा बिहानैदेखि स्थानीय बासिन्दा नवदुर्गाको पूजा गरी दर्शन गर्न आएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...