Monday, October 26, 2015

ताप्लेजुङमा आगलागी, लाखौँको क्षति

aaglaagiताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङको खेवाङस्थित साँगादिन बजारमा विद्युत् चुहावट भई दुई घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

खेवाङ–४ निवासी भीम दहालको घरमा बिहान करिब ९ बजे आगलागी भएको हो । आगलागीबाट घरमा भएको पसलका सामान, गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी करिब रु ३० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

आगलागीबाट संँगै रहेका दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । घरमा साना बालबच्चा मात्रै भएको समयमा विद्युत् चुहावट भई आगलागी भएको खेवाङ प्रहरी चौकीले जनाएको छ ।

स्थानीयवासीले करिब १ घण्टापछि मात्रै आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागीपछि दहालको परिवार अहिले नजिकै आफन्तकोमा शरण लिएर बसेका छन् । गाउँगाउँमा बिजुली बत्तीको सुविधा पुगे पनि कतिपय ठाउँमा व्यवस्थित जडान नहुँदा साथै जनचेतनाकै अभावले गर्दा यस प्रकारका घटना निम्तने गरेको स्थानीयबासीको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...