Monday, October 26, 2015

विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार

bidhya-bhandariकाठमाडौँ ९ कात्तिक । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार भण्डारीलाई विजयी गराउन प्रयत्न गर्ने र त्यसका लागि अन्य दलहरुसँग लिखित पत्राचार गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

एमालेले उपराष्ट्रपतिको हकमा भने समावेशीता र राजनीतिक सन्तुलन मिलाउने गरी संसद्मा उम्मेदवारी दर्ता गराउनुभन्दा अघि निर्णय लिने निर्णयसमेत गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको संसद् बैठकमा मतदान हुनेछ । एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपति निर्वाचनमा विजयी भएमा नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...