Tuesday, October 27, 2015

इन्धन बोकेको सातवटा गाडी नेपाल प्रवेश

पथरी (मोरङ), ११ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट मङ्गलबार साँझसम्म इन्धन बोकेका सातवटा गाडी नेपाल प्रवेश गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै मङ्गलबार साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल र तीनवटा ग्यासको बुलेट रानी भन्सार भित्रिएका हुन् । गत सोमबार १५ वटा ग्यासका बुलेट र मङ्गलबार सातवटा इन्धनका गाडी भित्रिएका हुन् ।

पेट्रोलियम पदार्थका गाडी लाइनमा लागेको भए पनि भारतीय भन्सारले अन्य गाडीलाई क्रस गरेर पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई अगाडि आउन नदिएपछि समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...