Tuesday, October 27, 2015

म्याग्दीमा नयाँ पदमार्ग पहिचान

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ११ कात्तिक । म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर नयाँ पदमार्गको पहिचान भएको छ ।

नेपालको ग्रामीण क्षेत्रमा नयाँ पदमार्गको पहिचान तथा प्रवद्र्धनमा सघाउँदै आएको अफ द बिट इन्ट्रेक्स र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा बेनीदेखि राहुघाट नदीको वारिपारिका बस्तीलाई समेटेर ‘धौलागिरि सेन्चुरी’ पदमार्ग पहिचान गरिएको हो ।

सदरमुकाम बेनीदेखि झीँ, पाखापानी, कोटगाउँ, रायखोर, चौरखानी हुँदै धौलागिरि हिमालको दक्षिणी मोहोडाको आधार शिविर पुगेर चिमखोला, दर्मिजा, दग्नाम भएर बेनी फर्कने पदमार्ग पहिचान गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

अफ द बिट इन्टे«क्स संस्थाका सञ्चालक गोइड पप्पी र जोय पप्पीले दृश्यावलोकन, ग्रामीण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरण यस पदयात्राको प्रमुख आकर्षण रहेको बताउनुभयो ।

एक हप्तासम्म यात्रा गर्न सकिने पदमार्गमा चिमखोलाको थाली नाच, दर्मिजाको तातोपानी कुण्ड, टोड्के पनि थप आकर्षण हुन् । पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धि गराउने उद्देश्य राखिएको छ । चौरखानीभन्दा माथि व्यवस्थित पदमार्ग तथा विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न आवश्यक रहेको सुझाव गोइड र जोय पप्पीले दिनुभयो ।

झीँ, कोटगाउँ, रायखोर, चौरखानी, चिमखोला र दग्नाममा होमस्टेको व्यवस्था गर्न स्थानीयवासीलाई तालिम प्रदान गर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । मोटरबाटोका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पदमार्गमा पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना देखिएको छ ।

पदमार्गको नक्सा तयार गर्न र पर्यटक भित्र्याउनका लागि टेकिङ व्यवसायीसँग समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । अमेरिकी नागरिक जोय पप्पी र गोइड पप्पीको पहलमा म्याग्दीको दुर्गम छन्त्याल बस्ती गुर्जामा पर्यटक भित्र्याउनका लागि पहल भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...