Friday, October 30, 2015

पूर्व गृहराजमन्त्री कँडेलमाथि गोली ताक्ने को हुन् ?

create_thumbकावासोती, १३ कात्तिक । पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेललाई शुक्रबार गोली हान्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार बडहरा दुबौलिया गाविसमा कामका सिलसिलामा खेतमा गइरहेका बेला भारतीय मोटरसाइकलमा आएका दुई जनाले कँडेललाई पेस्तोल ताकेका थिए ।

कँडेल आफ्ना पिएसओ (अङ्गरक्षक)सहित भएकाले उनीहरुलाई नियन्त्रणमा लिन सकिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मैनालीले भन्नुभयो – नजिकै प्रहरी चौकी पनि थियो । पिएसओ पनिसँगै भएकाले उनीहरुलाई नियन्त्रणमा लिन सहज भयो । उनीहरुबाट घरेलु पेस्तोल बरामदसमेत गरेका छौं ।”

भारत ठुरीबारीका उज्ज्वल गड्तौला र भारतकै योगेन्द्र पासवान पक्राउ परेका छन् । नेपाली काँग्रेस नवलपरासीका सभापति समेत रहेका कँडेललाई माओवादी द्वन्द्वकालमा पनि गोली लागेको थियो ।

भारतीय सीमा क्षेत्र नजिक महेशपुरमा कँडेलको घर रहेको छ ।

उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत स्थानीय जनताले जलाइदिएको प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...