Sunday, October 25, 2015

सेनाद्वारा बम निष्क्रिय

भीमदत्तनगर, ९ कात्तिक । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वन समितिमा भेटिएको प्यारा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आइतबार दिउँसो वन समितिका स्थानीयवासी दीपक भट्टको खेतमा भेटिएको बम यहाँस्थित नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले राति निष्क्रिय पारेको हो ।

हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निष्क्रिय पारेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय झलारीले बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने आशङ्का गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...