Sunday, October 25, 2015

क्याम्पसलाई जग्गा किन्न साढे ४५ लाख सङ्कलन

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ९ कात्तिक । म्याग्दीको बाबियाचौर– ५ मा रहेको मङ्गला शिक्षा क्याम्पसको भौतिक पूर्वाधार जुटाउन रु ४५ लाख ५० हजार चन्दा सङ्कलन गरिएको छ ।

विसं २०६६ देखि अङ्ग्रेजी, गणित र नेपाली विषयमा शिक्षा सङ्कायको पठनपाठन हुँदै आएको क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा त्रिभुवन विश्वविद्यालयले दिने सहयोगबाट वञ्चित भएपछि जग्गा खरिद गर्नका लागि गत मङ्सिरदेखि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

बाबियाचौर र छिमेकी गाउँका बासिन्दाका साथै विदेश तथा देशका विभिन्न ठाउँमा रहेका पूर्व विद्यार्थीबाट हालसम्म रु ८१ लाख सहयोग घोषणा भएको र रु ४५ लाख ५० हजार प्राप्त भइसकेको अभियानका विदेश विभाग प्रमुख सतप्रसाद रोकाले बताउनुभयो ।

सहयोग सङ्कलन अभियानसँगै जग्गाको खोजी पनि भइरहेको छ । रु एक करोड सङ्कलन गर्ने लक्ष्य रहेको छ । चन्दा उठाउन क्याम्पस सञ्चालक समिति, स्थानीय आमा समूह, युवा क्लबले संयुक्त रुपमा घरदैलो अभियान सञ्चालन गरेका हुन् ।

ग्रामीण क्षेत्रमा सञ्चालित क्याम्पसमा छोरी, बुहारी र विपन्नले घरमै बसेर उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । हाल सो क्याम्पसमा ५६ जना विद्यार्थी अध्ययनरत छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...