Sunday, October 25, 2015

नवनिर्माणसम्बन्धी पुस्तक लेख्दै वामदेव

bamdevकाठमाडौँ, ९ कात्तिक । राज्यको जिम्मेवारीबाट फुर्सद पाउनुभएका नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम ‘नेपालको ऐतिहासिक सन्दर्भ र नवनिर्माण अभियान’ नामक पुस्तक प्रकाशनको तयारीमा जुट्नुभएको छ ।

निवर्तमान सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गौतमले आफ्नो नयाँ पुस्तकमा नेपालको समग्र इतिहास, राष्ट्रियताको विकास, वर्ग सङ्घर्षको नयाँ रुप र सम्भावना, सामाजिक आर्थिक रुपान्तरण, जलस्रोतको एकीकृत विकास, कृषि क्रान्ति, नयाँ नेपालका निम्ति पूर्वाधार विकासजस्ता विषय समेटने राससलाई जानकारी दिनुभयो ।

पुस्तक प्रकाशनको जिम्मा लिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कृतिलाई सकेसम्म चाँडै प्रकाशन गरिने योजना रहेको बताउनुभयो ।

उपाध्यक्ष गौतमका यसअघि दर्जनौँ विचारमूलक पुस्तक प्रकाशित भएका छन् भने एक गीति एल्बम र एक गीति सङ्ग्रह प्रकाशित छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...