Sunday, October 25, 2015

नासोको दशैं शुभकामना कार्यक्रम

naso dashain 2015 28

बाल्टिमोर,अमेरिका,अक्टुबर २५ | नासो कम्युनिटीले बडादशैं एवं तिहारको अवसर पारेर यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ | शनिवार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो |

DSC02088

नासोका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा भएको उद्घाटन सत्रको पहिलो चरणको कार्यक्रममा दशैं,तिहार तथा छठको समेत शुभकामना मन्तव्य व्यक्त गर्दै राजदूत डाक्टर कार्कीले विदेशमा बसेर पनि विभेदका विरुद्ध आन्दोलनमा सहभागी हुने सबै अधिकारकर्मीहरुको उच्च सह्राहना गर्दछु भन्नुभयो |

DSC02054

डाक्टर कार्कीले सरकारको नियुक्तिमा आउने आफूजस्ता प्रतिनिधिहरु निश्चित समय,उद्देश्य र कार्यक्रम लिएर आउने भन्दै विदेशमा बस्ने नेपालीहरु नै मुलुकका लागि स्थायी राजदूत भएको भनाई व्यक्त गर्नुभयो |’मुलुकको सांस्कृतिक,आर्थिक,पर्यटकीय र अन्य सबै दृष्टिले महत्वपूर्ण भूमिका खेल्ने,धर्म,संस्कृति,रीतिरिवाज र परम्परालाई विदेशमा समेत प्रवर्द्धन गर्ने असली र स्थायी राजदूत भनेको यहाँ बस्ने तपाईंहरु नै हो’राजदूत डाक्टर कार्कीले भन्नुभयो |

DSC02046

संस्थाका महासचिव विष्णु विश्वकर्माले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष दुर्गा विक र धन्यवाद ज्ञापन सचिव हिक्मत विकले गर्नु भएको थियो | कार्यक्रममा नेपाली जनसम्पर्क समिति,अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राज सेन्चुरी,नासोका संस्थापाक अध्यक्ष धरम विश्वकर्मा,अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव प्रकाश नेपाल,नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष एवं यस ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक गौतम दाहाल,बानाका उपाध्यक्ष सतिश चापागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो |

DSC02034

कार्यक्रमको दोश्रो चरणमा गायिका पविता परियारलगायत स्थानीय कलाकारहरुले गीत मार्फत मनोरन्जन प्रदान गराएका थिए | नासोले हरेक वर्ष यसरी दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको छ |

DSC02021

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...