Sunday, October 25, 2015

पौडी खेल्ने क्रममा मादी नदीमा डुबेर दुई युवक बेपत्ता

दमौली, ८ कात्तिक । तनहुँको व्यास–१० स्थित मादी नदी पुलमाथिको दहमा पौडी खेल्ने क्रममा आइतबार डुबेर दुई युवक बेपत्ता भएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ घर भएका २२ वर्षीय सुदर्शन सापकोटा र सोही ठाउँका २३ वर्षीय सरोज भुजेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसँैको बेला पोखरा घुमेर घरतर्फ फर्कने क्रममा जिप रोकेर नदीमा पौडी खेल्न गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् । उनीहरुसँगै पौडी खेल्न गएका तीनजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले उनीहरुको तीब्र खोजी भइरहेको छ । चर्को घाम लागेका बेला उनीहरु पाँचैजना जिप रोकेर पौडी खेल्न नदीतर्फ गएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...